फिल्म ‘लण्डन टु पेरिस’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा साम्राज्ञी राज्य लक्ष्मी शाह, निश्चल खड्का, गरिमा शर्मा र कवीर खड्का फिचर्ड छन्। दुबै जोडी पोस्टरमा रोमान्टिक देखिएका छन्।
घनश्याम लामिछाने निर्देशित यो फिल्म आगामी जेठ २५ गते रिलिज हुनेछ। गरिमा र कवीरले यसै फिल्मबाट डेब्यु गर्देछन्। फिल्मको छायाङ्कन नेपालसहित भारतमा गरिएको हो।
फिल्ममा साम्राज्ञी, कविर, कविर र गरिमाका साथै रुष्मा थापा, मनिश श्रेष्ठ र मनिष गान्धीको प्रमुख भूमिका छ।
यस फिल्ममा यात्राको क्रममा सिर्जना हुने प्रेमकथालाई चित्रण गरिएको छ। फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन्। अमित बस्नेतको निर्माण रहेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माता हुन्।
एबी इन्टरनेश्नलको प्रस्तुति रहेको सिनेमामा पहिलो गीत आगामी साता रिलिज गर्ने निर्माणटिमको तयारी छ।
Shares
प्रतिक्रिया