ad ad

राजनीति


सहकारी र आदिवासी जनजाति विभागमा देउवाले मनोनयन गरे सदस्य

सहकारी र आदिवासी जनजाति विभागमा देउवाले मनोनयन गरे सदस्य

फाइल तस्बिर


नेपालखबर
चैत १६, २०८० शुक्रबार १२:२४, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी र आदिवासी जनजाति विभागमा सदस्यहरू मनोनीत गरेका छन्।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल नेतृत्वको सहकारी विभागमा देउवाले १० जना सदस्य मनोनीत गरेका छन्।

भानुभक्त ढकाल, चन्द्रप्रसाद ढकाल, डिल्लीराम तिवारी, राजेन्द्र पौडेल, गोमा नेपाल, पदम दाहाल, विश्वप्रकाश पौडेल, शम्भु घिमिरे, नवराज न्यौपाने र कृष्ण खनाललाई देउवाले सदस्य मनोनीत गरेका हुन्।

केन्द्रीय सदस्य दिलमान पाख्रिन प्रमुख रहेको आदिवासी जनजाति विभागमा पनि देउवाले १० जना सदस्य शुक्रबार मनोनीत गरेका छन्।

नगेन्द्रकुमार कुमाल, रेशमबहादुर गुरुङ, आनन्दसन्तोषी राई, आङपासाङ शेर्पा, चन्द्रकुमार आङ्दम्वे, सलामसिंह तामाङ, थममाया छन्त्याल, रमेश जिमी, धनबहादुर श्रेष्ठ र कृष्ण घिसिङलाई सभापति देउवाले सदस्य मनोनीत गरेका हुन्।

कांग्रेस विधानअनुसार महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गरिसक्नुपर्छ। कांग्रेसको १४ औँ महाधिवेशन २०७८ मंसिरमा भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .