ad ad

कला


रमेश उप्रेती भन्छन् : फिल्मी जगतले राजेश हमालजस्तो व्यक्ति कहिल्यै पाउँदैन

रमेश उप्रेती भन्छन् : फिल्मी जगतले राजेश हमालजस्तो व्यक्ति कहिल्यै पाउँदैन

फाइल तस्बिर


नेपालखबर
चैत १३, २०८० मंगलबार १७:२, काठमाडौँ

अभिनेता रमेश उप्रेती राजेश हमालका ठूला फ्यान। राजेशलाई पछ्याउँदै हिरो बनेका रमेश उनको प्रशंसा गरेर थाक्दैनन्। 

हालै एक टेलिभिजन शोमा रमेश उप्रतीलाई गेस्टका रुपमा बोलाइएको थियो। जहाँ पत्रकार प्रकाश सुवेदीले राजेश हमालको फोटो देखाउँदै 'कसरी सम्झिनु हुन्छ?' भनेर प्रश्न राखे। 

फोटो देख्नेबित्तिकै रमेशले ढोग्दै जवाफ दिए, 'महानायकजी हुनुहुन्छ। उहाँको व्याख्या कसरी गरौँ मजस्तो तुच्छ मनुष्यले। उहाँबारे म शब्द चयन गर्न सक्दिनँ। उहाँले गर्दा म यहाँ छु। उहाँ मेरो आदर्श व्यक्ति हुनुहुन्छ। जसले प्रेरणा दिनुहुन्छ।' 

राजेश फिल्म क्षेत्रमा आएपछि मात्रै आफूलाई हिरो बन्नुपर्छ भन्ने चेतना आएको रमेशको भनाइ छ।

'उहाँ आइसकेपछि अब हिरो हुनुपर्छ है भन्ने चेतना ममा जाग्यो। उहाँ चलचित्र क्षेत्रको लागि वान म्यान आर्मी हुनुहुन्छ। जसले चलचित्र क्षेत्रलाई एक्लै बोकेर २५ वर्षसम्म हिँड्नु भयो। उहाँलाई सम्मान छ।' 

उनले राजेश बौद्धिक र वैचारिक रुपमा पोख्त रहेको भन्दै प्रशंसा समेत गरे।

'उहाँसँग बस्दा मलाई अज्ञानीजस्तो महसुस हुन्छ। बौद्धिक व्यक्तित्व उहाँ विचारमा पनि पोक्त हुनुहुन्छ। हिरो यस्तो हुनुपर्छ है भन्ने कुरामा उहाँलाई छुँदा पनि मलाई ज्ञान आउन्थ्यो जस्तो लाग्छ।'

प्रसंसा गर्दै जाँदा रमेशले हमालजस्तो व्यक्ति अब नेपाली सिनेक्षेत्रले पाउन नसक्ने दाबी उनले गरे।

'उहाँ हाँसीमजाक पनि गर्नुहुन्छ। जुनसुकै विषयमा प्रश्न सोध्दा वा कुरा गर्दा सरल तरिकाले बुझाइदिनु हुन्छ। राजेश हमालजस्तो व्यक्ति चलचित्र उद्योगले पाउनु गर्वको कुरा हो। उहाँ आउनुभयो। अब फिल्मक्षेत्रले राजेश हमालजस्तो अर्को व्यक्ति कहिले पनि पाउँदैन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .