चलचित्र ‘मोदीबेनी’को छायाङ्कन सकिएको छ। बुधवार पर्वत जिल्लाको फलेवासमा कलाकारद्वय वर्षा सिवाकोटी र प्रवीण खतिवडाले अन्तिम शट दिँदै सुटिङ प्याक अप गरे।
३१औँ दिनमा सकिएको दुई चरणमा भएको काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुन्डे र पर्वतका मोदी गाउँपालिकाको चित्रे, कुस्मा र फलेवास नगरपालिकामा भएको थियो।
करिब ४५/४० वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने यो चलचित्रले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा समेटेको छ।
अभिनेताका रूपमा अमर प्रताप श्रेष्ठले यस चलचित्रबाट डेब्यु गरेका छन्। अभिनेत्री रेजिना उप्रेतीले कमब्याक गरेकी छन्। निर्देशक शङ्कर कोइरालाको पनि यो डेब्यु निर्देशकिय फिल्म हो।
यस फिल्ममा सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय छ।
डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो चलचित्रलाई आनन्द बिक्रम क्षेत्रीले लेखेका छन्। फिल्मको निर्माता भने दिलिप केसी हुन्।
Shares
प्रतिक्रिया