ad ad

कला


हरिवंशको अनुभव : सामाजिक सञ्जालले पठन संस्कृति ओझेलमा

हरिवंशको अनुभव : सामाजिक सञ्जालले पठन संस्कृति ओझेलमा

नेपालखबर
फागुन ११, २०८० शुक्रबार १६:१७, काठमाडौँ

कलाकार हरिवंश आचार्यले साहित्य बिना समाज बन्दै नबन्ने भएकोले आफ्नो साहित्य सांस्कृतिको जगेर्ना गर्नु हरेक जनप्रतिनिधिको कर्तव्य भएको बताएका छन्।

बूढानीलकण्ठ सांस्कृतिक साहित्यिक महोत्सवको उद्घाटनमा बोल्दै आचार्यले सो विचार व्यक्त गरेका हुन्।

बूढानीलकण्ठ नगरपालिकाको आयोजनमा भएको दुई दिने महोत्सवमा पठन संस्कृतिबारे बोल्दै उनले भने, ‘हिजोआज साहित्य र पठन संस्कृतिलाई सामाजिक सञ्जालले ओझेलमा पार्दै लगेको छ। पठन संस्कृतिको जगेर्ना गर्न भावी पुस्तामा किताब संस्कृतिको महत्व बुझाउनुपर्ने आवश्यकता छ।’

हरिवंशले कुनै पनि कला र कलाकार साहित्यभन्दा पर रहन नसक्ने बताउँदै आफू र मदनकृष्ण श्रेष्ठको काम पनि सधैं साहित्यकै नजिक रहेको सुनाए।

शुक्रबार र शनिबार चल्ने दुई दिने महोत्सवमा कलाकार आचार्यद्वारा लेखक झमक घिमिरेलाई सम्मान समेत गरिएको थियो। स्थानीय विषय, पहिचान र प्रतिनिधित्वलाई केन्द्रमा राखिएको महोत्सव उद्घाटनमा ७० जना जनप्रतिनिधिहरुको सहभागी भएका थिए।

स्थानीय सांस्कृतिक झाँकीगाजाबाजाबाट सुरू भएको महोत्सवमा दर्जनौं राष्ट्रिय कलाकार, ५० जनाभन्दा बढी कवि लेखक र विज्ञहरूको उपस्थिति रहने बताइएको छ। महोत्सवमा डा भगवान कोइराला, मल्ल के सुन्दरदेखि लक्ष्मी बर्देवा, बुद्धि तामा‌ंग र सुबिन भट्टराईसम्म वक्ताका रुपमा सहभागी हुँदैछन्।

बूढानीलकण्ठ नगरपालिकाद्वारा आयोजना गरिने महोत्सवमा ‘आहा बूढानिलकण्ठ’ र ‘बूढानिलकण्ठ महफिल’जस्ता बूढानिलकण्ठ विशेष सत्र पनि समावेश छन्।

स्थानीय र पहिचानका कुरा उठाउने र जगेर्ना गर्ने हेतुले महोत्सवमा म्ह फुलारु, सेवारो, भुइँजसी, फल्चा व चिनाखँ, चुनिख्यँ, नांगसाल, म्हेन्दोजस्ता मौलिक शीर्षकका सत्रहरु छन्। दोस्रो दिनको कार्यक्रम बुढानीलकण्ठ मन्दिर परिसरमा आयोजना हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .