धर्मेन्द्र र हेमा मालिनीकी छोरी तथा बलिउड अभिनेत्री इशा देओलले पति भरत तख्तानीसँग अलग भएको घोषणा गरेकी छन्।
लामो समयदेखि यो जोडी अलग भएको खबर आइरहेको थियो। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले इशा र भरतलाई लामो समयदेखि कुनै पार्टी वा कार्यक्रममा सँगै नदेखिएको पनि थाहा पाएका थिए। अब उक्त हल्लाको पुष्टि गर्दै उनीहरूले छुट्टिएको घोषणा गरेका हुन्। यी सबै दुवैको आपसी सहमतिमा भएको हो।
छुट्टिने सम्बन्धमा उनीहरूले संयुक्त विज्ञप्तिमा भनेका छन्, ‘हामीले आपसी सहमतिमा छुट्टिने निर्णय गरेका हौँ। यो निर्णयमा हामीले हाम्रा दुवै सन्तानको हितमा सोचेका छौँ। ती दुवै हाम्रा लागि सधैँ प्राथमिकतामा रहनेछन्। हामी सबैसँग हाम्रो गोपनीयताको ख्याल गर्न अनुरोध गर्दछौँ।’
771
Shares
प्रतिक्रिया