२१ फ्रेबुअरीमा बलिउड अभिनेत्री रकुल प्रीत सिंह र निर्माता ज्याकी भगनानी बिहे गर्दैछन्। भारतीय मिडियाका अनुसार उनीहरु विगत ६ महिनादेखि आफ्नो भव्य विवाहको तयारी गरिरहेका छन्।
यसैबीच, अन्तिम समयमा यो जोडीको बिहेको लोकेशननै परिवर्तन भएको छ, जसको कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हुन्।
बिहेको तयारी गरिरहेका रकुल र ज्याकीले मध्यपूर्वमा आफ्नो विवाह आयोजना गर्ने योजना बनाएका थिए। तर, बिहेको केही दिनअघि वेन्डिङ लोकेसन परिवर्तन भएको छ। अब उनीहरुको बिहे भारतको गोवामा हुनेछ।
खासमा प्रधानमन्त्री मोदीको अपीलपछि यो जोडीले विवाहको स्थान परिवर्तन गरेको भारतीय मिडियाले उल्लेख गरेका छन्।
पीएम मोदीले केहीअघि देशका धनी वर्गहरुलाई आफ्नो परिवारको भव्य समारोह बाहिर नभई देश भित्रै आयोजना गर्न आग्रह गरेका थिए। गत २६ नोभेम्बर मा ‘मनकी बात’ एपिसोडमा मोदीले यो कुरा बताएका थिए।
यस्तो अवस्थामा रकुल प्रीत र ज्याकी भगनानीले देशका प्रधानमन्त्रीको यो अपीलबाट प्रभावित भएर आफ्नो विवाहको गन्तव्य स्थान परिवर्तन गरेको अनुमान गरिएको छ।
Shares

प्रतिक्रिया