ad ad

कला


मुनवर फारुकीले जिते ‘बिग बोस-१७’को उपाधि, पाए ५० लाख भारु र गाडी

मुनवर फारुकीले जिते ‘बिग बोस-१७’को उपाधि, पाए ५० लाख भारु र गाडी

नेपालखबर
माघ १५, २०८० सोमबार ९:४९, काठमाडौँ

भारतीय रियालिटी शो बिग बोस १७औँ सस्करणको उपाधि मुनवर फारुकीले जितेका छन्।

आइतबार राति भएको फिनालेमा उनी विजेता घोषणा भएका हुन्।

शोको टप ५ मा फारुकीसहित अंकिता लोखंडे, अभिषेक कुमार, मन्नारा चोपडा र अरुण माशेट्टी पुगेका थिए।

जसबाट मुनवर र अभिषेक शीर्ष २ मा पुगे। तर, उपाधि मुनवरको पोल्टामा पर्न सफल भयो।

विजेता भएसँगै फारुकीले ५० लाख भारतीय रुपैयाँसहित गाडीसमेत हात पारे।

फारुकी स्टयान्ड-अप कमेडियनसमेत हुन्।

अभिनेता सलमान खानले सञ्चालन गर्ने यो भारतीय टेलिभिजनकै सबैभन्दा रोमाञ्चक र विवादस्पद शो हो।

शोको फिनालेमा थुप्रै सेलिब्रेटीको पनि उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .