कला


तापसी पन्नुले परिवारका साथ गरिन् मतदान, शुभचिन्तकको प्रश्न : भोट कसलाई दिनु’भो?

तापसी पन्नुले परिवारका साथ गरिन् मतदान, शुभचिन्तकको प्रश्न : भोट कसलाई दिनु’भो?

नेपालखबर
माघ २५, २०७६ शनिबार ८:५०,

बलिउड अभिनेत्री तापसी पन्नू आजकल आफ्नो आगामी फिल्म ‘थप्पड’को प्रमोशनमा व्यस्त छिन्। तर, यस व्यस्तताका बाबजुद पनि उनले आफ्नो मताधिकार प्रयोग गर्न बिर्सिनन्।  शनिबार बिहान उनी आफ्नो परिवारसँग मतदान गर्न गइन्। उनले यसको जानकारी सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत दिएकी छन्।

शनिबार बिहानदेखि दिल्ली विधानसभा चुनाव २०२० को लागि मतदान भइरहेको छ। दिल्लीका जनताले ७० विधानसभा सिटका लागि ६७२ उम्मेदवारहरूलाई भोट दिइरहेका छन्। यस आम आदमी पार्टी (आप) आफ्नो सत्ता जोगाइ राख्न चाहन्छ भने भारतीय जनता पार्टी (भाजपा) पनि देशको मुट (केन्द्र) को सत्ता सम्हाल्न सक्दो प्रयास गरिरहेको छ।

त्यही अर्थात दिल्ली विधानसभा सदस्यका लागि भएकाे निर्वाचनमा अभिनेत्री पन्नुले मतदान गरेपछि सेयर गरेको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

यस फोटोमा तापसी पन्नु आफ्नो आमा, बुबा र बहिनीसँग देखिएकी छिन। यो फोटो सेयर गर्दै पन्नुका शुभचिन्तकहरुले लेखेका छन्, ‘पन्नू परिवारले मतदान गरे, तपाईले मतदान गर्नुभयो?’

तापसीको यो पोष्ट सार्वजनिक भए लगत्तै उनका प्रशंसकहरूले कासलाई भोट दिनुभयो भनेर समत प्रश्न सोधेका छन्। उनीहरुले पन्नुलाई सम्बोधन गर्दै लेखेका छन्, ‘यदि तपाईं स्पष्ट बताउनुहुन्नभने कम्तिमा एउटा संकेत दिनुहोस् कि जसको जितको लागि तपाई प्रार्थना गरिरहेकी हुनुहुन्छ। ’

तापसी अनुभव सिन्हाद्वारा निर्देशित ‘थप्पड’मा देखिँदैछिन्। यो फिल्म यही फेब्रुअरी २८ गते रिलिज हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad