ad ad

कला


राम मन्दिरको प्राण प्रतिष्ठामा एकसाथ देखिए बलिउड सेलिब्रिटी

राम मन्दिरको प्राण प्रतिष्ठामा एकसाथ देखिए बलिउड सेलिब्रिटी

नेपालखबर
माघ ८, २०८० सोमबार १४:४६, काठमाडौँ

अयोध्या राम मन्दिरको अभिषेक समारोह सकिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीसहितले पूजा आरम्भ गरे। प्राणप्रतिष्ठा समारोहमा भारतीय सिनेमाका ठूला स्टार पनि पुगेका थिए।

सोमबार अभितेज महूर्तमा रामको अभिषेक गरियो। कार्यक्रममा उपस्थित सबै पाहुनाहरुलाई मन्दिर परिसरमा बस्न लगाइएको थियो।

जहाँ बलिउड स्टार कट्रिना कैफ, विक्की कौशल, आलिया भट्ट र रणवीर कपुरको एक भिडियो भाइरल भइरहेको छ।

अयोध्याको राम मन्दिरको अभिषेक समारोहमा आलियाले श्रीमान् रणवीरको हात समातेर बसेकी छिन्। कट्रिना र विक्की उनको पछाडिको कुर्चीमा बसेको देख्न सकिन्छ। यसै क्रममा आयुष्मान खुराना हात जोडेर रामको भक्तिमा मग्न देखिए।

यी दुवै रियल कपल अयोध्या राम मन्दिर प्राण प्रतिष्ठान समारोहको लागि सँगै विमानमा चढेका थिए।

उनीहरुसँगै आयुष्मान खुराना, माधुरी दीक्षित, डा. नेने र रोहित शेट्टी पनि देखिएका थिए। आकाश अम्बानी उनकी पत्नी श्लोका मेहतासँगै बसेका थिए।

त्यसैगरि, अमिताभ बच्चन, अभिषेक बच्चन, कंगना रनौत, अनुपम खेर, ज्याकी श्राफ, रोहित शेट्टी र साउथ स्टार रजनीकान्त, राम चरण, चिरञ्जीव अयोध्या राममन्दिर प्राण प्रतिष्ठा समारोहमा सहभागी भए। संगीतबाट अनु मलिक, सोनु निगम र शंकर महादेवन आएका थिए। उनीहरुले रामजन्मभूमिमा भजन पनि गाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .