कला


‘अन्नपूर्णी’ बाट चर्को आलोचना खेपेपछि नयनताराले मागिन् माफी

‘अन्नपूर्णी’ बाट चर्को आलोचना खेपेपछि नयनताराले मागिन् माफी

नेपालखबर
माघ ५, २०८० शुक्रबार १२:५३, काठमाडौँ

भारतीय अभिनेत्री नयनतारा अभिनीत फिल्म ‘अन्नपूर्णी’ विवादित बनेको छ। 

मुख्य अभिनेत्रीसहित फिल्म निर्माता र स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्समाथि धार्मिक भावनामा चोट पुर्‍याएको आरोप छ। 
विवादपछि यस फिल्मलाई नेटफ्लिक्सबाट हटाइएपछि नयनताराले पनि माफी मागेकी छिन्।

नयनताराले सामाजिक सञ्जालमा एक पत्र राख्दै दर्शकसामु माफी मागेकी हुन्। जहाँ सुरुमै भगवान रामलाई ‘जय श्री राम’ भनेर सम्बोधन गरिएको छ। 

‘फिल्म अन्नपूर्णी एक सिनेम्याटिक प्रयास मात्र होइन, कहिल्यै हार नमान्ने हृदयस्पर्शी र प्रेरणादायी कथा हो। सकारात्मक सन्देश साझा गर्ने प्रयासमा हामीले अनजानमा मानिसहरूलाई चोट पुर्‍याएको हुन सक्छ,’ उनले लेखेकी छन्। 

सेन्सर पास भएर ओटीटीमा रिलिज भएको फिल्मलाई हटाउला भन्ने अपेक्षा नभएको उनको भनाइ छ। 

आफू मन्दिर जाने र भगवानमा विश्वास राख्ने बताउँदै हृदयदेखिनै माफी मागेकी छन्। मानिसलाई चोट पुर्‍याउन नभई दर्शकहरूमा सकरात्मकता फैल्याउने आफ्नो उद्देश्य भएको उनको दाबी छ। 

थिएटरपछि ओटीटी प्लेटफर्ममा रिलिज भएको नयनतारा स्टारर फिल्म 'अन्नपूर्णी' को एक दृश्यमा भगवान श्री रामलाई मांसाहारी भनेर वर्णन गरिएको थियो। 

जसका कारण फिल्म निर्माता, नेटफ्लिक्स र नयनथारा विरुद्ध धार्मिक भावनामा चोट पुर्‍याएको उजुरी परेको थियो।

शिवसेनाका पूर्व नेता रमेश सोलंकीले जनवरी ६ मा फिल्म ‘अन्नपूर्णी’का निर्माताविरुद्ध मुम्बईमा उजुरी दिएका थिए। 
निर्माताले भगवान श्रीरामको अपमान गरेर हिन्दू समुदायको भावनामा चोट पुर्याएको उनको आरोप छ।

रमेश सोलंकीले सोशल मिडिया प्लेटफर्म एक्समा पनि फिल्मको कडा आलोचना गरेका छन्। 

उनले लेखेका छन्, ‘मैले हिन्दू विरोधी र हिन्दू विरोधी नेटफ्लिक्सविरुद्ध उजुरी दायर गरेको छु। सारा विश्वले भगवान राम मन्दिरको अभिषेक मनाइरहेको बेला नेटफ्लिक्समा यो हिन्दू विरोधी फिल्म ‘अन्नपूर्णी’ रिलिज भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad