ad ad

कला


‘खुस्मा’ मा एकसाथ देखिँदै धिरज र उपासना

‘खुस्मा’ मा एकसाथ देखिँदै धिरज र उपासना

नेपालखबर
माघ १, २०८० सोमबार १३:२३, काठमाडौँ

धिरज मगर र उपासना सिंह ठकुरीको मुख्य भूमिकामा फिल्म 'खुस्मा' बन्ने भएको छ।

माघे संक्रान्तिको अवसरमा शुभमुहूर्तसहित घोषणा गरिएको फिल्ममा धिरज र उपासना पहिलोपटक एकसाथ देखिँदैछन्।

अशोक थापा मगरकाे निर्देशन रहने फिल्म प्रेम कथामा आधारित हुनेछ।

एम मिडिया प्रा.लि.को ब्यानरमा निर्माण हुने फिल्म दुई चरणमा खिचिनेछ। यस फिल्ममा धिरज र उपसनासहित अस्तित्व भट्टचन, खड्क बहादुर पुन (खबपु) तथा अरुण मगरको अभिनय रहनेछ।

दिपक बज्राचार्यले खिच्ने फिल्मका निर्माता बेताने मगर, चन्द्र भट्टचन र सुस्मिता बुढाथोकी हुन्। निर्देशक थापा विभिन्न अन्तरर्राष्ट्रिय फिल्म फेस्टिवलमा पुरस्कृत भइसकेका छन्। यस सिनेमालाई गोबिन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .