कला


दक्षिण भारती सुपरस्टार विजयको घरमा विभागको छापा

दक्षिण भारती सुपरस्टार विजयको घरमा विभागको छापा

नेपालखबर
माघ २३, २०७६ बिहिबार १२:३८,

दक्षिण भारतीय फिल्म क्षेत्रका सुपरस्टार अभिनेता विजय कर छलीको विषयलाई लिएर विवादमा परेका छन्।

आयकर विभागले उनको घरमा छापा मारी ६५ करोड रुपैयाँ जफत समेत गरेको छ।

हाल ‘मास्टर’ फिल्मको छायाँकनमा व्यस्त रहेका विजय आयकर विभागको छापापछि सुटिङ बीचैमा रोकेर घर फर्किएका छन्।

भारतीय समाचार एजेन्सी एएनआइले अभिनेता विजय र अर्का एक निर्माता र लगानीकर्ताको मदुरै र चेन्नईमा रहेका कार्यालय र घरमा विभागले छापा मारेको र जनाएको छ। विभागले अहिलेसम्म विभागले ६५ करोड जफत गरेको जनाएको छ।

आयकर विभागका स्रोतका अनुसार– ‘बिजिल’ फिल्मका लगानीकर्ता अनबेचेजियनको घरबाट ६५ करोड रूपैयाँ जफत गरिएको छ। मिडिया रिपोर्टका अनुसार एजीएस सिनेमामा कर चोरी गरेकोमा शंका छ। उनले विजयको अघिल्लो सुपरहिट फिल्म ‘बिजिल’को निर्माण गरेका थिए। यो फिल्म एक सुपर हिट भएको थियो। फिल्मले ३०० करोड भन्दा बढीको व्यापार गरेको थियो। सामाजिक सञ्जालमा विजयका फ्यानहरूले भनेका छन् कि उनी चाँडै ‘मिस्टर क्लिन’का रुपमा फर्किनेछन्। यसका साथै विजयले ‘बिजिल’ फिल्मका लागि धेरै रकम लिएको समेत चर्चा सुरु भएको छ।

आयकर विभागको छापाका सम्बन्धमा विजयले पनि एक विज्ञप्ति जारी गरेका छन्। ‘आयकर विभागले मेरो घर र कार्यालयमा कर छलीका सम्बन्धमा छापा मारेको छ। मेरा स्टाफ र परिवारको पूर्ण समर्थन छ। आयकर रिटर्नसँग जोडिएका सबै प्रमाण अधिकारीसमक्ष पेस गरिएको छ। ’

खबरअनुसार ‘बिगिल’ तमिल सिनेमाको सबैभन्दा हिट फिल्म मध्ये एक हो। यसको निर्देशन एटलीले गरेका हुन्। १८० करोड लगानीमा बनेको यस फिल्ममा नयनतारा, ज्याकी श्रफ, योगी बाबुको पनि महत्वपूर्ण भूमिका रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad