कला


आफ्नो जन्मदिन मनाउँदा ज्यान गुमाएका फ्यानका परिवारलाई भेट्न पुगे यश

आफ्नो जन्मदिन मनाउँदा ज्यान गुमाएका फ्यानका परिवारलाई भेट्न पुगे यश

नेपालखबर
पुस २४, २०८० मंगलबार १४:५१, काठमाडौँ

हिजो ८ जनवरीमा केजीएफ फेम्ड एक्टर यशको जन्मदिन थियो। यशको जन्मदिन भनेपछि फ्यानहरू चाडपर्वझैँ सेलिब्रेसन गर्छन्।

हिजोको जन्मदिन पनि फ्यानहरू स्पेशल बनाउन चाहन्थे। तर, कर्नाटकको गडगमा भएको एक घटनाले माहोल नै बिगारिदियो।

खासमा यशका फ्यानहरूले २५ फिट अग्लो कट आउट लगाउँदै थिए। यसै क्रममा करेन्ट लागेसँगै तीनजनाको मृत्यु भयो। केही गम्भीर घाइते भएका छन्। 

जनवरी ७ मा १२ बजे घटेको घटनाबारे जानकारी दिँदै एसपी बाबासाहेब नेमोगौडाले भने ‘ब्यानर टाँस्दै गर्दा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ। तीनजना गम्भीर रुपमा जलेका छन्। ब्यानरमा धातुको फ्रेम थियो, जसले हेस्कोमको तार छोएपछि विद्युत फैलियो। मुद्दा दर्ता गरी अनुसन्धान थालिएको छ।'

सामाजिक सञ्जालमा एउटा भिडिओ पनि भाइरल भइरहेको छ। जसमा केही मानिसहरू ठूलो कटआउट बोकेका देखिन्छन्। त्यसपछि केही हुन्छ र स्क्रिन कालो हुन्छ। यसपछि रोएको आवाज सुनिन्छ। 

यश आफ्नो फिल्मको सुटिङका लागि बाहिर थिए। तर फ्यानको मृत्युको खबर पाएलगत्तै यशले सुटिङ छोडेर तुरुन्तै कर्नाटक गए। शोकमा परेका परिवारका सदस्यहरूलाई भेटे। र, अस्पताल पुगेर घाइते फ्यानबारे पनि जानकारी लिए।

भारतीय समाचार एजेन्सी एएनआईले एउटा भिडिओ शेयर गरेको छ। जुन भिडिओमा यश दुर्घटनामा परेका फ्यानका परिवारलाई भेट्न गएको देखिन्छ।

भिडिओमा यश कारमा बसेका देखिन्छन्। चारैतिरबाट मिडिया र फ्यानबाट यश निकै निराश र दुःखी देखिएका छन्। यशले दुर्घटनामा ज्यान गुमाएका परिवारलाई सहयोग गर्ने समेत बताएका छन्। 

पछिल्लोपटक यश केजीएफ २ मा देखिएका थिए। यस फिल्मले विश्वभरिबाट १२०० करोड भारतीय रुपैयाँ कमाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad