विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलमा पुगिसकेको नेपाली वृत्तचित्र ‘ढोरपाटन’ सिनेमाहलमा प्रदर्शन हुने भएको छ। विदेशमा ‘नो विन्टर होलिडेज’ को नामले चिनिएको यो डकुमेन्टी पुष २७ गतेबाट सीडीसी सिनेमामा रिलिज हुँदैछ।
निर्माता तथा निर्देशक राजन कठेतले संसारभरि फिल्म देखाएर नेपालमा देखाउन पाउँदा खुसी लागेको बतथाए।
‘संसारभरि प्रदर्शन गराएर सिनेमाघरमा भित्र्याउन पाउँदा खुशी लागेको छ, नेपाली दर्शकलाई यो फिल्म के(कस्तो लाग्छ हामी थाहा पाउन आँतुर छौँ,’ कठेतले भने।
२०७५ फागुन देखि निर्माण शुरु भएको यस फिल्मको वर्ल्ड प्रिमियर बेलायतको शेफिल्ड डकफेष्टमा २०८० मा भएको थियो। यसैवर्ष कोरियामा एसियन प्रिमियर गरिएको डकुमेन्ट्री तिहार अघि भारतको हिमाचल प्रदेशको धरमशालामा आयोजित धरमशाला अन्तराष्ट्रिय चलचित्र महोत्सवमा ‘ढोरपाटन’ देखाइएको थियो।
सार्थै कोलकाता अन्तराष्ट्रिय चलचित्र महोत्सव’ मा दर्शकबाट प्रशंसा बटुलेको थियो।
हालै काजाक्सतानमा आयोजित प्रथम अलटरनेटिभा फिल्म अवार्डमा, ज्युरीका अनुसार ‘सांस्कृतिक महत्त्व बोकेकाले’ यो ‘नेटिभा’ श्रेणीमा पुरस्कृत भएको थियो।
भने नेपाल अन्तराष्ट्रिय मानव अधिकार चलचित्र महोत्सवमा यसले ‘सर्वोत्कृष्ट वृत्तचित्र’को उपाधि जितेको थियो।
Shares
प्रतिक्रिया