ad ad

कला


नेपाल आउँदै भोजपुरी सुपरस्टार निरहुआ र आम्रपाली

नेपाल आउँदै भोजपुरी सुपरस्टार निरहुआ र आम्रपाली

नेपालखबर
माघ २२, २०७६ बुधबार १०:५८,

 नेपाल भ्रमण वर्षको अवसर पारेर आयोजना हुन लागेको ‘मधानी महायज्ञ’मा सहभागी हुन भारतीय भोजपुरी क्षेत्रका सुपरस्टार अभिनेता दिनेशलाल यादव निरहुआ र अभिनेत्री आम्रपाली दुबे लगायतका कलाकार नेपाल आउने भएका छन्।

रौतहटको मौलापुर क्षेत्रमा १२ सय वर्ष पुरानो मन्दिर फेला परेको अवसरमा आयोजना गरिएको महायज्ञमा सहभागी हुन निरहुआ र दुबे नेपाल आउन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

नेपालले भ्रमण वर्ष २०२० मनाइरहेको र सोही अवसरमा पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको हो। भ्रमण वर्षमा नेपाल घुम्नका लागि विश्वभरका नागरिकहरु आतुर रहेको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यी दुई सुपरस्टारका साथमा गायिका इन्दु सोनाली पनि रहने छिन् भने सो टोलीमा नेपालका सेलिना कुँवर, सन्तोष राज, केकी अधिकारी, विजय यादव, सुनिल पण्डित, अर्जुन बिसी, सरिता साह, सचना शिवाकोटी लगायतका कलाकार सहभागी हुने बताइएको छ। कार्यक्रम १८ फेब्रुअरी अर्थात फागुन ६ गते आयोजना हुने जनाइएको छ।

Entertainment News: नेपाल के पर्यटन उत्सव में निरहुआ संग भोजपुरी सितारों का लगेगा मेला

अन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको सो महायको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारी गर्ने कार्यक्रम रहेको बताएको छ।

 कार्यक्रमका लागि नेकपाका नेता तथा सोही क्षेत्रका सांसद प्रभु साह, र मौलापुर नगरपालिका र एसराज प्रोडक्सन्सले अगुवाइ गरिरहेको बताइएको छ।

बाह्र सय वर्ष पुरानो पुरातात्विक महादेव मन्दिर भेटिएपछि महादेवको विशेष अनुष्ठानका लागि मन्दिर परिसरमै महायज्ञको आयोजना गरिएको हो। यो उत्सव फागुन ४, ५ र ६ गते गरी तीन दिनको चल्ने बताइएको छ। यस अवसरमा सुन्दर देशको शहर मालापुर भ्रमण गर्न र माधनी महायज्ञमा भाग लिन सबैमा आग्रह समेत गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .