कला


कलाकार प्रमोद अग्रहरि भन्छन् : चाहेजस्तो काम नपाएको हो कि जस्तो लाग्छ

कलाकार प्रमोद अग्रहरि भन्छन् : चाहेजस्तो काम नपाएको हो कि जस्तो लाग्छ

नेपालखबर
पुस ९, २०८० सोमबार ११:९, काठमाडौँ

नेपाली सिनेजगतका प्रतिभाशाली अभिनेता हुन् प्रमोद अग्रहरि। भारतको दिल्लीमा नाट्यकला सिकेका प्रमोदले नेपालमा दर्जनौं सिनेमामा काम गरिसकेका छन्। 

तिनै प्रमोद पौष २७ गतेबाट प्रदर्शन हुने फिल्म ‘चित्रा’ मा कान्छा दाइको भूमिकामा देखिदैँछन्। चित्राको भूमिकालाई लिएर निकै आशावादी छन् प्रमोद। 

चित्राको निर्वाह गरेको पात्रबारे सुनाउँदै उनी भन्छन्, ‘चित्रामा म कान्छा दाइको भूमिकामा छु। समय र परिस्थितिले गर्दा एउटा मान्छे कसरी समाजप्रति नकारात्मक हुन जान्छ र कुनै पात्रप्रति कसरी विद्रोह गर्छ भनेर देख्न सक्नुहुनेछ। सिमित शब्दमा भन्नुपर्दा एउटा भिलेन नै भन्दा पनि हुन्छ।’

आफूले चित्रामा भूमिकामा फिट हुन लुक्समा निकै मेहनेत गर्नुपरेको उनको भनाई छ। अहिलेसम्म दर्शकलाई निरुत्साहित गर्ने काम नगरेको समेत उनी दाबी गर्छन्। 
सन् २०१२ देखिको अभिनय क्षेत्रमा सक्रिय भएपनि आफूले चाहेजस्तो काम गर्न नपाएको उनको गुनासो छ। 

कुनै गुटमा नभएर वा कनेक्सन स्थापित गर्न नसकेर भनेजत्ति र भनेजस्तो काम नपाइरहेको होकी भनेर उनी प्रश्न गर्छन्। 

‘मैले त अहिलेसम्म कामै पाएको छैन, कामै गराइएको छैन जस्तो लाग्छ। धेरैले सिनेमाक्षेत्रमा गुटवाद छ भनेर भन्नुहुन्छ। सायद म त्यो भिडमा नअटाइरहेको हो कि वा त्यो ठाउँमा म नअटाइएको हो की जस्तो लाग्छ।’ उनी भन्छन्। 

उनलाई काम देखाउनु छ, त्यसैले आफैले केही तयारीमा समेत लागेका छन्। ‘मेरो आफ्नै प्रोडक्सन कम्पनीहरुबाट स्क्रिप्टको कामहरु भइरहेको छ, छिट्टै नै फ्लोरमा जान्छौं होला।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad