ad ad

कला


सर्ट फिल्म ‘साक्षी रुख’ फ्रान्स र नेदरल्यान्डका फिल्म फेस्टिभलमा छनोट

सर्ट फिल्म ‘साक्षी रुख’ फ्रान्स र नेदरल्यान्डका फिल्म फेस्टिभलमा छनोट

नेपालखबर
पुस ५, २०८० बिहिबार १६:१०, काठमाडौँ

पछिल्लो समय नेपाली फिल्महरु प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सवहरूमा छनोट हुने खबरको शिलशिला चलिरहेको छ। यही शिलशिलामा सर्ट फिल्म ‘साक्षी रुख’ (द विटनेस ट्री) पनि संसारका दुई महत्वपूर्ण फिल्म महोत्सवमा छनोटमा परेको छ।

निरञ्जनराज भेटवालको लेखन तथा निर्देशनमा बनेको यो छोटो सिनेमा नेदरल्यान्डको ‘इन्टरनेसनल फिल्म फेस्टिभल रोटेर्डम’ र फ्रान्सको ‘क्लेर्मोन्ट फेर्रान्ड इन्टरनेसनल शर्ट फिल्म फेस्टिभल’मा छनोट भएको हो।

नवनिधि दाहाल, मनरथ पोखरेल, प्रकाश आङ्देम्बे र सम्झना लामिछाने निर्माता रहेको साक्षी रुख दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलबाट विश्व प्रिमियर भएको थियो।

फिल्मका निर्माता नवनिधि दहालले भने, ‘कोभिडका कारण भएको लकडाउनको अप्ठ्यारो बेलामा समयको सदुपयोग गर्ने सोचले संयुक्त राज्य एमिरेट्सको शारजहाँ आर्ट फन्डका लागि फिल्म पठाउने सोचले साक्षी रुख जन्मिएको हो। शारजहाँ आर्ट फन्डबाट ३५ लाख नेपाली रुपियाँ बराबरको आर्थिक सहयोग पाइने सम्भावनाले हामीले त्यसमा फिल्मको कथा पठायौं। त्यसपछि जर्मनीको बर्लिन अन्तर्राष्ट्रिय सिनेमा महोत्सव अन्तर्गतको सर्ट फर्म स्टेशनमा छानिएपछि उत्साह थपियो।’

इन्टरनेसनल फिल्म फेस्टिभल रोटर्ड्याम र क्लेर्मोन्ट फेर्रान्ड इन्टरनेसनल फिल्म फेस्टिभलमा समेत साक्षी रुख छानिएपछि त्यो उत्साह अझै धेरै थपिएको उनी बताउँछन्।

‘मेरो जानकारी अनुसार क्लेर्मोन्ट फेर्रान्डमा कुनै पनि नेपाली फिल्म प्रतिस्पर्धामा छनोट भएको यो नै पहिलो पटक हो। छोटो फिल्म छनोट भए पनि यसले समग्र नेपाली फिल्म क्षेत्रकै लागि कुनै न कुनै अर्थ राख्छ भन्ने विश्वास छ।’

करिब १५ मिनेटको सर्ट फिल्म फेस्टिभल लक्षित भएकोले तीन वर्षसम्म अन्य सिनेमा महोत्सवहरूमा पठाउने लक्ष्य राखिएको र त्यसपछि युट्युब मार्फत सार्वजनिक गरिने निर्माणटिमको योजना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .