ad ad

कला


रिमेक भर्सनमा आयो चर्चित गीत ‘म त खाँदिन कुवाको पानी’ (भिडिओ)

रिमेक भर्सनमा आयो चर्चित गीत ‘म त खाँदिन कुवाको पानी’ (भिडिओ)

नेपालखबर
मंसिर २४, २०८० आइतबार १६:३६, काठमाडौँ

चर्चित गीत ‘म त खाँदिन कुवाको पानी’ को रिमेक भर्सन सार्वजनिक भएको छ। लोकगायिका तीर्थकुमारी थापाको स्वरमा करिब ५० वर्षअघि रेकर्ड गरिएको गीतको रिमेक गरिएको हो। 

तीर्थकुमारीका छोरा सुरजकुमार थापाले यस गीतमा पुनः संगीत संयोजन गरेका हुन्। गीतमा गायिका तीर्थकुमारीको नै स्वर सुन्न सकिन्छ। 

वरुणजंग राणाको शब्द रहेको यस गीतलाई करिब ५० वर्षअघि रेडियो नेपालमा रेकर्ड गरिएको थियो। त्यतिबेला निकै चलेको यो गीत अहिले पनि दर्शकस्रोतामाझ लोकप्रिय छ। 

विर्जु कर्माचार्यको निर्देशन र सम्पादनमा तयार भएको गीतको भिडिओमा तिर्थकुमारीसहित सुरज लगायतका वाद्यवादकहरुलाई देख्न सकिन्छ।

कार्या प्रोडक्सनबाट तयार पारिएको भिडियोलाई निश्चल श्रेष्ठले खिँचेका छन्।

भिडिओः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .