ad ad

कला


आर्टमान्डुको ‘पञ्चमी मेला’ : बजारमा भेट भएका युवा-युवतीको प्रेम कथा (भिडिओ)

आर्टमान्डुको ‘पञ्चमी मेला’ : बजारमा भेट भएका युवा-युवतीको प्रेम कथा (भिडिओ)

नेपालखबर
मंसिर २२, २०८० शुक्रबार ११:५५, काठमाडौँ

आर्टमान्डुको नयाँ म्युजिकल फिल्म ‘पञ्चमी मेला’ सार्वजनिक भएको छ। आर्टमान्डुले यसपटक म्युजिकल फिल्ममार्फत् पाँचथरको पञ्चमी बजारको कथा भनेको छ।

गीतकार हर्क साउदले लेखेको गीतमा अञ्जु पन्त र भुषण खतिवडाको स्वर सुन्न सकिन्छ। गीतमा भुषणकै संगीत रहेको छ। 

निर्देशक नवीन चौहानले सार्वजनिक भिडियो सेयर गर्दैँ पुराना दिन सम्झेका छन्। ‘मैले पहिलो पटक दुनियाँ देखेको ठाउँ यही पञ्चमी हो। मेरो जीवनमा पहिलो पटक साथीहरू बनेका यही पञ्चमीका हुन्। पहिलो पटक भिडिओमा फिल्म हेर्न पाएको पञ्चमी बजारमा हो। पहिलो हाट बजार भरेको अनुभव यही पञ्चमीको छ’, उनले लेखेका छन्। 

करिब ८ मिनेटको म्युजिकल फिल्ममा पञ्चमी बजारमा पाँचथरका युवक र सिमी बेच्न आएकी इलामकी युवतीको भेट हुन्छ। भेटमा युवतीसँग आकर्षित भएका युवक छोरी माग्न घरसम्म पुग्छन्। दुईबीचको प्रेममार्फत् भिडिओमा बजारको सौन्दर्य र पूर्वको स्वाद पस्किएको छ। 

‘तिथिमा लाग्ने यो बजारमा भेट भएका कति युवायुवतीको विवाह भएर घरजम नै भएको छ। बिडम्बना अहिले यो बजार धेरै उजाडिएको छ,’ नवीन भन्छन्। 
 

नवीन र केर कोइँच लिनुचले निर्देशन गरेको गीतको भिडियोमा मिलन खत्री, चन्दा ढुंगाना, अन्वेश थुलुङ राई, ओम कार्की, नरेन्द्र बस्नेत, केदीप बस्नेत लगायतको अभिनय छ। भिडिओलाई योगेश ढकालले खिचेका छन्। 

यसअघि आर्टमान्डूले पाहुना हजुर, फूलथुंगे रानी, तीनपाते, घुमीघुमी, चन्द्रमा, के माया लाग्छ र लगायत भिडिओ लोकप्रिय छन्। अहिले आर्टमान्डू फिल्म ‘ऊनको स्वीटर’ निर्माण तयारीमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .