ad ad

कला


कुमारीले स्नान गर्ने इनारमाथि नाचेपछि विवादमा प्रकाश सपुत

कुमारीले स्नान गर्ने इनारमाथि नाचेपछि विवादमा प्रकाश सपुत

नेपालखबर
मंसिर १९, २०८० मंगलबार १५:११, काठमाडौँ

गायक प्रकाश सपुत विवादमा तानिएका छन्। प्रकाशसहित मोडल जुना विश्वकर्माले नृत्य गरेको गीतको सुटिङ-भिडिओका कारण उनीहरूले आलोचना खेप्नुपरेको हो।

केही महिनाअघि सपुतले ‘कमाउने नि हो, रमाउने नि हो’ गीतको भिडिओ सुटिङ गरेका थिए। जसको छायाङ्कन काठमाडौँको वसन्तपुरमा गरिएको थियो। गीतको एक दृश्यमा प्रकाश र जुना कुमारी घर नजिकैको इनारमाथि उभिएर नाँच्छन्। सोही भिडिओ सामाजिक सञ्जालमा भाइरल भएसँगै प्रकाशको आलोचना भइरहेको छ।

कुमारीको मुख धुन र स्नान गराउन इनारबाट पानी प्रयोग गरिने बताउँदै प्रकाशले नेवा:सभ्यता र संस्कृतिमाथि अपमान गरेको उनीहरूको आरोप छ। चर्चित कलाकार भएर हेक्का नराखेको भन्दै गाली खाइरहेका छन्।

खेम सेन्चुरी र सुनिता बुढाको स्वर रहेको ‘कमाउने नि हो, रमाउने नि हो’ झण्डै पाँच महिनाअघि सार्वजनिक भएको थियो। सुटिङको भिडिओमा इनार देखिए पनि सार्वजनिक गीतको भिडिओमा भने इनार देखिँदैन।

भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .