सेयरबजारमा १०.१० अंकको गिरावट आएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार परिसूचक उक्त अंकले घटेको हो।
योसँगै नेप्से १८३७.७१ विन्दुमा पुगेको छ। योसँगै १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार रुपैयाँको सेयर खरिदबिक्री भएको छ।
आज ६२ कम्पनीका लगानीकर्ताले कमाए पनि १६१ कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने १४ कम्पनीको सेयर उही मूल्यमा कारोबार भएको छ।
बजारमा आज कुल ४६ लाख ९८ हजार कित्ता सेयर बिक्री भएको नेप्सेले जनाएको छ।
आज सिंगटी हाइड्रोका लगानीकर्ताले १० प्रतिशत कमाए पनि अन्य कम्पनीका लगानीकर्ताले थोरै मात्र आम्दानी गरेका छन्।
त्यस्तै विशालबजार, माउन्टेन इनर्जी, उन्नति सहकार्य लघुवित्तलगायतका कम्पनीका लगानीकर्ताले धेरै गुमाउनुपरेको छ।
27
Shares
प्रतिक्रिया