दयाहाङ राई र रिस्मा गुरुङ नयाँ फिल्ममा देखिने भएका छन्। ‘कबड्डी’ को हिट जोडी ‘रिमै’ मार्फत पुनस्सहकार्य गर्न लागेका हुन्।
गोरख सिरानचोक एण्ड लिगलिग कोट फिल्मस्को व्यानरमा बन्ने फिल्ममा खिल बहादुर गुरुङ्गको निर्देशन रहनेछ। फिल्ममा दया र रिस्माका अलावा विरबल घलेको मुख्य भूमिका रहनेछ।
निर्देशक गुरुङ र अभिनेता घलेको कथा रहेको फिल्ममा उपेन्द्र सुब्बाको पटकथा रहनेछ। हाल फिल्मको प्रि प्रोडक्सनको काम चलिरहेको छ।
आगामी चैतबाट फिल्मको छायाङ्कन सुरु हुनेछ। यस फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ।
‘कबड्डी’ को पहिलो र दोस्रो सिरिजमा दयाहाङ ‘काजी’ र रिस्मा ‘मैयाँ’ पात्रको भूमिकामा देखिएका थिए। दुवै सिरिजमा काजी र मैयाँको केमेस्ट्रीलाई दर्शकले मन पराएका थिए।
153
Shares

प्रतिक्रिया