समाज


सर्लाहीमा मोटरसाइकलबाट खस्दा बसले किचेका युवकको सनाखत

सर्लाहीमा मोटरसाइकलबाट खस्दा बसले किचेका युवकको सनाखत

नेपालखबर
मंसिर १७, २०८० आइतबार १३:५४, सर्लाही

सर्लाहीको बागमतीमा गएराति मोटरसाइकलबाट उछिट्टिँदा बसले किचेर  ज्यान गुमाउने युवकको सनाखत भएको छ। 

शनिबार साँझ पूर्वपश्चिम राजमार्गमा पर्ने बागमती नगरपालिका- ४ पुरानो चौकीमा दुई मोटरसाइकल आपसमा ठक्कर खाँदा उछिट्टिए सडकमा खसेका युवकलाई बसले किचेको थियो। 

बसले किचेर मृत्यु भएका युवक सर्लाहीकै ईश्वरपुर नगरपालिका- ५ का ३५ वर्षीय सुनिल लामा रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए। 

तीव्र गतिमा रहेको प्र-२-०३-००६ प ६७ मोटरसाइकल र दुईजना प्रहरी सवार बा.२ ब ५७६६ नम्बर सरकारी मोटरसाइकल आपसमा जुध्दा प्र२ ०३ ००६ प ६७ नम्बरको मोटरसाइकलमा सवार लामालाई बसले किचेको थियो। 

दुई मोटरसाइकल ठोक्किँदा सडकमा खसेका युवकलाई काठमाडौँ तर्फ जाँदै गरेको ना७ ख १८३६ नम्बरको बसले किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा इलाका प्रहरी कार्यालय कर्मैयामा कार्यरत प्रहरीका सई नारायण दाहाल, हवलदार नारायण न्यौपाने र अर्को मोटरसाइकका चालक ईश्वरपुर ५ का रमेश महतो घाइते भएका छन्। उनीहरुको धनुषाको लालगढस्थित लालगढ मोडेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

दुर्घटनापछि बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad