ad ad

कला


बलिउड अभिनेता रणदीप हुड्डाले गरे बिहे

बलिउड अभिनेता रणदीप हुड्डाले गरे बिहे

नेपालखबर
मंसिर १४, २०८० बिहिबार १३:१, काठमाडौँ

बलिउड अभिनेता रणदीप हुड्डाले विवाह गरेका छन् 

४७ वर्षीय हुड्डाले बुधबार भारतको मणिपुरमा प्रेमिका लिन लैशरामसँग बिहे गरेका हुन्। 

मणिपुरी परम्पराअनुसार दुबैका परिवारको उपस्थितिमा बिहे गरिएको हो। रणदीपले बिहेका तस्विरहरु इन्स्टाग्राममा सेयर गरेका छन्। 

सार्वजनिक तस्विरमा रणदीपले सेतो रंगको धोतीकुर्तासहित पगडी लगाएका छन्। त्यसैगरि, लिन हल्का सेतो र गुलाबी सारी लगाएर गहनाले सजिएकी छिन्। 

उनीहरुको बिहेको फोटो र भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। 

रणदीपले ‘म्यारी कोम’, ‘वान अपन अ टाइम इन मुम्बई’, ‘रिस्क’, ‘हाई वे’, ‘सुल्तान’, ‘लभ आज कल’ लगायतका फिल्ममा देखिसकेका छन्। लिनले पनि ‘ओम शान्ति ओम’, ‘म्यारी कोम’ लगायतका फिल्ममा अभिनय गरेकी थिइन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .