कला


एआईको सिकार भइन् अदिति, नक्कली भिडियो/फोटो बनाएर चरित्रहत्या गरेको आरोप

एआईको सिकार भइन् अदिति, नक्कली भिडियो/फोटो बनाएर चरित्रहत्या गरेको आरोप

नेपालखबर
मंसिर १३, २०८० बुधबार १३:३९, काठमाडौँ

कृत्रिम बौद्धिकता (एआई) विस्तारसँगै समस्या समेत बढ्दो छ। 

एआईमार्फत बनाएका भिडियो र तस्विरका कारण धेरै सेलिब्रेटीहरुले हैरानी खेप्नु परिरहेको छ। नेपाली अभिनेत्री अदिती बुढाथोकी एआईद्वारा बनाइएका नक्कली भिडियो र फोटोको सिकार भएकी छिन्। 

अदितिले इन्स्टाग्राममा एक विज्ञप्ति निकाल्दै एआईको दुरुप्रयोग गरेर नक्कली भिडियो बनाएर आफ्नो चरित्र हप्या गरिएको भन्दै आपत्ति जनाएकी छिन्। 

स्न्यापच्याटबाट आफ्नो नक्कली तस्विर र भिडियो सेयर गरेर दुस्ख दिने काम भएको उनले उल्लेख गरेकी छिन्। 

‘अरुलाई खसाल्न केही मान्छेहरुले गरेको प्रयास देख्दा म निकै स्तब्ध र दुखी छु। लामो समयदेखि हालसम्म म यस्तो परिस्थितिको सामना गरिरहेकी छु। मैले समेसम्म यसलाई रोक्ने प्रयार गरे। तर, नक्कली स्न्यापच्याट आइडीबाट यस्तो काम भइरहेको छ। एआई र अरु गलत भिडियोको सहायताले मेरो चरित्र हप्या भइरहेको छ,’ उनले भनेकी छन्।
 

साथै उनले आफ्नो आधिकारिक सामाजिक सञ्जाल पेजलाई विश्वास गर्न आग्रह गरेकी छिन्। फिल्म ‘कृ’ बाट सिनेजगतमा डेब्यू गरेकी अदिति पछिल्लो पटक ‘बाबरी’ मा देखिएकी थिइन्। 

केहीअघि भारतीय अभिनेत्रीहरु रश्मिका मन्दाना, आलिया भट्ट, काजोल लगायतका अभिनेत्रीहरु एआईद्वारा निर्मित डिपफेक भिडियोको सिकार भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .