दिवंगत कलाकार गायक रोबिन तामाङको सम्झनामा साँगीतिक प्रस्तुती हुने भएको छ।
रोबिनको ब्याण्ड ‘रबिन एण्ड द न्यू रिभोल्युसन’ ले शुक्रबार काठमाडौंमा सांगीतिक प्रस्तुति गर्नेछ। गायक रोबिनको निधनपछि व्याण्डले दरबारमार्गस्थित क्लब प्लाटिनममा पहिलोपटक सांगीतिक प्रस्तुति दिन लागेको हो।
पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क (पीभीई)को प्रस्तुतिमा हुन लागेको कार्यक्रममा सांगीतिक ब्यान्ड एक्सिसले पनि आफ्नो प्रस्तुति दिनेछ। एक्सिसले नेपाल टुर अन्तर्गत काठमाडौंमा पहिलोपटक ‘एक्सिस लाइभ इन काठमाडौं’ मार्फत आफ्नो गीत सुनाउँदैछ।
ब्यान्डले कार्यक्रममा आफ्ना चर्चित गीतहरु ‘मुस्कान’, ‘अधुरो प्रेम’, ‘मेरो प्रेम’, ‘सात समुन्द्र पारी’ र पछिल्लो रिलिज ‘पाइला’ मा प्रस्तुति दिनेछ। कार्यक्रममा ‘रबिन एण्ड द न्यू रिभोल्युसन’ का सदस्यहरुसँग मिलेर अन्य गायकहरुले ‘नेपाल’, ‘भुलमा भूल्यो’, ‘केटाकेटी’, ‘दम मरु दम’, ‘चिसो चिसो’ र ‘जति माया लाए पनि’ लगायतका गीत पनि गाउनेछन्।
कार्यक्रमका लागि टिकट ई–सेवामा उपलब्ध रहेको आयोजकले जनाएको छ।
गायक रोबिनको गत असार १९ गते निधन भएको थियो।
Shares
प्रतिक्रिया