कला


मध्यपूर्वका देशमा ‘दिमाग खराब’ को उत्साहजनक व्यापार

दुबईमा १७, कतारमा १५ र बहराइनमा ७ शोज
मध्यपूर्वका देशमा ‘दिमाग खराब’ को उत्साहजनक व्यापार

नेपालखबर
मंसिर २, २०८० शनिबार २०:११, काठमाडौँ

नेपालमा उत्साहजनक व्यपार गरिरहेको फिल्म ‘दिमाग खराब’ मध्यपूर्वका देशमा प्रदर्शन सुरु भएको छ। मध्यपूर्वका देशहरू दुबई, बहराइन र कतारमा एकसाथ फिल्मको शुक्रबारदेखि प्रदर्शन सुरु भएको हो। 

तीनवटै देशमा फिल्मले उत्साहजनक ओपनिङ गरेको मध्यपूर्वका वितरक अनिशसिंह ठकुरीले जानकारी दिए। ठकुरीका अनुसार फिल्मले दुबईमा १७, कतारमा १५ र बहराइनमा ७ शोज पाएको छ।

‘नेपाली फिल्मले मध्यपूर्वका देशमा यति शोज पाउनु धेरै राम्रो हो। नेपालमा हिन्दी फिल्मको चेपुवामा परेर दर्शक संख्या राम्रो हुँदाहुँदै दिमाग खराबले कम शोज पाएको अवस्थामा हामीले दुबईमा राम्रो शोज पाएका छौं। पहिलो दिन धेरैजसो हलमा हाउसफुल दर्शक देखिए। त्यसैले शोज संख्या अझै बढ्न सक्छ,’ ठकुरीले भने।

ठकुरीका अनुसार ‘दिमाग खराब’ २४ तारिखदेखि सिंगापुर, मलेसिया, ओमान, कुवेत र इराकमा पनि प्रदर्शन हुँदैछ। निश्चल बस्नेत निर्देशित फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की आदि कलाकारको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad