ad ad

समाज


दूरसञ्चारको आग्रह– अझै टिकटक चलिरहेको भए खबर गर्नू

दूरसञ्चारको आग्रह– अझै टिकटक चलिरहेको भए खबर गर्नू

नेपालखबर
मंसिर २, २०८० शनिबार २०:२०, काठमाडौँ

नेपाल दूरसञ्चार प्राधिकरणले अझैपनि टिकटकमा पहुँच पुगिरहेको वा चलिरहेको भए प्राधिकरणलाई तत्काल जानकारी गराउन आग्रह गरेको छ। 

इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रद्यायकहरूलाई टिकटक नचल्ने बनाउन निर्देशन दिइसकेको जानकारी गराउँदै प्राधिकरणले अझै कहिँ कतै चलेको पाइएमा त्यसबारे जानकारी गराउन आग्रह गरेको हो। 

सरकारले सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरेको जनाएको छ। 

‘यदि कुनै इन्टरनेट सेवा प्रदायक वा मोवाइल सेवा प्रदायक कम्पनिको नेटवर्कबाट अझै पनि टिकटकमा पहुँच पुगिरहेको भए वा टिकटक चलिरहेको वा प्रयोग भइरहेको भए प्राधिकरणको इमेल ठेगाना [email protected] मा इमेल गरी त्यस्तो कम्पनिको बारेमा जानकारी गराउनुहुन इन्टरनेट सेवाग्राहीहरुलाई अनुरोध गरिएको छ,’ प्राधिकरणले भनेको छ।

सरकारले गत कात्तिक २७ गते सामाजिक सञ्जाल टिकटक प्रबिन्धन लगाउने निर्णय गरेको थियो। सो निर्णपछि टिकटक कम्पनीले पनि नेपाल सरकारलाई पत्र लेख्दै कारण खोजेको थियो। यसबारे दूरसञ्चार प्राधिकरणले पनि जवाफी पत्र पठाइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .