ad ad

कला


अभिनेता ‘यश’ बारे दिएको अभिव्यक्तिले विवादमा परे अल्लु अर्जुनका बुवा

अभिनेता ‘यश’ बारे दिएको अभिव्यक्तिले विवादमा परे अल्लु अर्जुनका बुवा

नेपालखबर
कात्तिक २३, २०८० बिहिबार १५:३९, काठमाडौँ

अल्लु अर्जुनका बुवा तथा निर्माता अल्लु अरविंद विवादमा परेका छन्। फिल्म ‘केजीएफ’ एक्टर यशको बारेमा अभिव्यक्ति दिएसँगै उनी निशानामा परेका हुन्।

अरंविदले एक अन्तर्वार्तामा फिल्म हिट भएपछि कलाकारले पारिश्रमिका बढाउँदा त्यसको असर बजेटमा पर्ने बताएका थिए। सोहीक्रममा यशको बढेको पारिश्रमिकबारे चर्चा गरियो। सोहीक्रममा अरविंदले केजीएफ बन्नुअघि यशलाई कसैले नचिन्ने र फिल्म मेकिङका कारण यश हिट भएको प्रतिक्रिया दिए।

‘केजीएफ रिलिजअघि यशलाई को थिए? केजीएफको यति चर्चा किन भयो। यो मात्र एक उदाहरण हो। फिल्मको हिरो जोसुकै होस्। फिल्मको मेकिङले नै दर्शकलाई मोहित बनाउँछ। नायक होइन्’ उनले भनेका थिए।

अरविंन्दको यो अभिव्यक्ति सुनेसँगै यशका फ्यानहरु भड्किएका छन्। फिल्म क्षेत्रमा यशको कोही गडफादर नभएको उनीहरुको भनाइ छ। यश बस चालकका छोरा हुन्, जो आफ्नो मिहिनेतले यहाँसम्म आइपुगेका हुन्।

बरु अल्लु अर्जुन भने परिवारका सदस्यहरूको सहयोगले फिल्म उद्योगमा भित्रिएका थिए। यद्यपी यशले यस विषयमा अहिलेसम्म केही बोलेका छैनन् ।

प्रशान्त नील निर्देशित केजीएफको पहिलो भागले २५० करोड कमाएको थियो। यो फिल्मको बजेट ८० करोड मात्रै थियो। १०० करोडमा बनेको ‘केजीएफ २’ ले विश्वभर १२५० करोड रुपैयाँ कलेक्सन गरेको थियो। जुन विश्वभर सबैभन्दा धेरै कमाउने चौथो भारतीय फिल्म हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .