कला


रश्मिकाको फेक भिडिओ बनाउनेमाथि कारबाही गर्न अमिताभको माग

रश्मिकाको फेक भिडिओ बनाउनेमाथि कारबाही गर्न अमिताभको माग

नेपालखबर
कात्तिक २०, २०८० सोमबार १५:५४, काठमाडौँ

अहिले भारतीय अभिनेत्री रश्मिका मन्दानाको डीपफेक भिडिओ भाइरल भइरहेको छ।

भिडिओमा एक महिला लिफ्ट एन्ट्री गर्छिन्, जसको अनुहार दुरुस्तै रश्मिका जस्तै देखिन्छ।

जुन भिडिओ एआई (आर्टिफिसियल इन्टेलिजेन्स) डीपफेक प्रविधिको सहयोगमा हुबहु रश्मिकाजस्तै बनाएको हो। 

भिडिओ भाइरल भएसँगै अभिनेता अमिताभ बच्चनले रश्मिकाको पक्षमा बोलेका छन्।

बच्चनले कानुनी पक्षबाट यो एकदमै ठूलो मुद्दा रहेको बताउँदै कानुनी कारबाही गर्न माग गरेका छन्। 

बच्चन र रश्मिकाले फिल्म ‘गुडबाइ’ मा एकसाथ काम गरेका थिए।

बच्चनका साथै फ्यानहरुले पनि समेत रश्मिकाको साथमा खुलेका छन्। 

भारतीय पत्रकार अभिषेकले उक्त फेक भिडिओलाई ट्विटरमा अपलोड यो खबर फैलिएको हो।

डीपफेकको सिकारबाट बच्न तुरुन्तै कानुन एक्सन लिन आवश्यक रहेकोसमेत उनले उल्लेख गरेका छन्।

उनका अनुसार ओरिजिनल भिडिओ जारा पटेल नाम गरेकी एक युवतीको हो।

जुन भिडिओलाई उनले ९ अक्टोबरमा इन्स्टाग्रामा अपलोड गरेकी थिइन्।

जारालाई ४१ हजारभन्दा बढीले इन्स्टाग्राममा पछ्याएका छन्। रश्मिकाका साथै अन्य भारतीय सेलिब्रेटीहरु पनि साइबर क्राइमको सिकार भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad