अभिनेता सुशिल श्रेष्ठको मुख्य भूमिका रहेको सिनेमा ‘आउट ल’को विदेशमा प्रदर्शनको अधिकार सेभेन सिज इन्टरटेनमेन्ट प्रालिले खरिद गरेको छ।
विदेश अधिकारसँगै सह–निर्माताको रुपमा पनि यो कम्पनि जोडिएको सिनेमाका कार्यकारी निर्माता साहील खानले बताए।
केहीदिन अगाडी सेभेज सिजको टिमले सिनेमा हेरपछि राम्रो मुख्यमा विदेश प्रदर्शन अधिकार खरिद गर्नुका साथै सह–निर्माताको रुपमा पनि जोडिएको हो।
नेपाल वितरक रिच इन्टरटेनमेन्टका सञ्चालक करण श्रेष्ठले चाँडै सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गर्ने तयारी भैरहेको जानकारी दिए।
रेट्रो गु्रपको ब्यानरमा निर्माण हुने सिनेमामा सुशिलका अलवा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी र महेश त्रिपाठी लगायतको पनि अभिनय रहेको सिनेमा एक्सन–थ्रिलर जनरामा निर्माण भएको छ।
एक्सन थ्रिलर जनरामा निर्माण हुने सिनेमाले कानुन नमान्ने पात्रको कथा भन्छ।
अभिनेता सुशिल श्रेष्ठ ’आउट ल’ आफ्नो करियरकै लागि महत्वपूर्ण सिनेमा रहेको बताउँछन्। आफ्नो करियरलाई कता लैजाने भन्ने पनि यो सिनेमाले निर्धारण गर्ने बुझाई अभिनेता श्रेष्ठको छ।
शशांक खड्का, अमित अग्रहरी र बिनोद कठायतको लगानीमा निर्माण भएको सिनेमालाई बिक्की महर्जनले निर्देशन गरेका हुन्।
निर्माता कडायतले यसअघि ’प्रेमगीत ३’मा कला निर्देशकको रुपमा काम गरेका थिए। ‘कथा दमदार छ। युवालाई लक्षित गरी कथा बनाइएको हो।
पढेका र युवा टिममा भएकाले सिनेमाको नतिजा राम्रो आउने विश्वास छ,’ निर्माता कठायतले भने। करिब २ करोडको बजेटमा निर्मार्ण भएको सिनेमालाई नवीन गुरुङले छायांकन गरेका हुन्।
Shares

प्रतिक्रिया