ad ad

कला


‘फर्की फर्की’ वर्कशपमा अनमोल

‘फर्की फर्की’ वर्कशपमा अनमोल

नेपालखबर
असोज २९, २०८० सोमबार ११:२१, काठमाडौँ

अभिनेता अनमोल केसी आफ्नो नयाँ प्रोजेक्टको काममा लागेका छन्। उनी अहिले फिल्म ‘फर्की फर्की’को वर्कशपमा ब्यस्त छन्। 

निर्माता रोहित अधिकारीले फिल्मको वर्कशप सुरु भएको बताउका छन्। फिल्मको वर्कशपमा नायक अनमोल केसीसँगै नव–कलाकारद्धय समृद्धि अर्याल र रवि काफ्ले जोडिएका छन्। 

फिल्मकी मुख्य नायिका जसिता गुरुङ भने केही दिनपछि मात्र वर्कशपमा जोडिने निर्माणपक्षले बताएको छ। यो फिल्ममा सुयोग गुरुङको निर्देशन रहनेछ। 

मंसिर १ गतेबाट छायांकनमा जाने फिल्मको वर्कशप सुरु भएसँगै निर्माणपक्षले प्रदर्शन मिति पनि घोषणा गरेको छ। 

वि.सं २०८१ सालको जेठ ११ गतेबाट फिल्म रिलिज गर्ने निर्माण टिमले घोषणा गरेको हो। लभ स्टोरी कथामा निर्माण हुने फिल्मको छायांकन काठमाडौं र पोखरामा हुनेछ।
 

फिल्ममा रोहितको साथमा ओएसआर डिजिटलको लगानी रहनेछ। फिल्ममा मनोज वली र राम न्यौपाने सह–निर्माताको रुपमा छन्। फिल्ममा नरेन्द्र मैनालीको छायांकन, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत रहनेछ। 

फिल्मलाई काठमाडौंमा काफिया फिल्मस् र मोफसलमा कुबेर फिल्मस्ले वितरण गर्नेछ। फिल्मको अन्तरराष्ट्रिय वितरकको रुपमा एमएसएम इन्टरटेन्मेन्ट जोडिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .