ad ad

कला


‘दिमाग खराब’ को प्रतियोगिता : टिकटक बनाउनेलाई डेढ लाखसम्म पुरस्कार

‘दिमाग खराब’ को प्रतियोगिता : टिकटक बनाउनेलाई डेढ लाखसम्म पुरस्कार

नेपालखबर
असोज २६, २०८० शुक्रबार १३:१, काठमाडौँ

कात्तिक २४ गते रिलिज हुने निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’ सिनेमाले आफ्नो पछिल्लो समय लोकप्रिय बनिरहेको ‘झम्के झमाझम’ बोलको गीतमा ‘डान्स स्टेप’ प्रतियोगिताको घोषणा गरेको छ।

निर्माण पक्षले ‘झम्के झमाझम’ बोलको गीतमा उत्कृष्ट टिकटक तथा यूट्यूव भिडियो बनाउनेलाई क्रमशः ५० हजार तथा डेढ लाख पुरस्कार दिने जनाएको छ। 

यसमा ५० हजार टिकटक भिडियो र डेढ लाख युट्यूब भिडियोका लागि छुट्याइएको छ।

प्रतियोगितामा सहभागी हुने प्रतियोगीले टिकटक तथा यूट्यूबमा भिडियो बनाएर पोस्ट गर्नुपर्नेछ।

उत्कृष्ट भिडियो बनाउनेलाई नगद पुरस्कारसँगै सिनेमा आट्सको आगामी सिनेमामा काम गर्ने अवसर प्रदान गरिने बताइएको छ। 

‘झम्के झमाझम’ गीत बाबुल गिरीको शब्द र संगीतमा तयार भएको हो भने यसमा नम्रता काफ्ले तथा सुमित खड्काको स्वर रहेको छ। यस्तै गीतको भिडियोलाई शेखर घर्ती मगरले कोरियोग्राफी गरेका हुन्।

सिनेमा आर्ट तथा ब्ल्याक हर्स सिनेमाको व्यानरमा निर्माण भएको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुस्कर गुरुङ, माओत्से गुरुङ, रमा थपलिया लगायतका कलाकारको मुख्य अभिनय रहेको छ। 

सामाजिक–राजनीतिक कथा पेस गर्ने सिनेमालाई आकाश बरालले लेखेका हुन्। यस्तै, निमेश श्रेष्ठको सम्पादन रहेको सिनेमामा सुशन प्रजापतिको छायाँकन रहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .