कला


आजदेखि तीन नेपाली फिल्मको बक्स अफिस भिडन्त

आजदेखि तीन नेपाली फिल्मको बक्स अफिस भिडन्त

नेपालखबर
असोज २६, २०८० शुक्रबार १३:४, काठमाडौँ

आज शुक्रबारबाट हलमा तीन नेपाली फिल्म प्रदर्शनमा आएका छन्। प्रकाश सपूतको डेब्यू फिल्म ‘परदेशी २’, ऋचा शर्मा अभिनित फिल्म ‘कौसीद’ र नेपालमा पहिलोपटक भिडिओ गेम शैलीमा बनेको फिल्म ‘बासेन्जी’ प्रदर्शनमा आएका हुन्।  

नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ मा प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, प्रशान्त तामाङ, दिलीप रायमाझीलगायत कलाकारको अभिनय छ। नारायण र राजेश वंशल निर्माता रहेको फिल्मको कथा रमेश बिजीले लेखेका हुन्। 

कुमार भाष्कर निर्देशित फिल्म ‘कौसीद’ मा ऋचा शर्मा, भोलाराज सापकोटा, रूपेश दाहाल, परिक्षीत विक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराईलगायत कलाकारको अभिनय छ।

ऋचा शर्माको प्रस्तुतिमा निर्माण भएको फिल्ममा ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ समेटेको छ। केदार भुसाल निर्माता रहेको फिल्मको कथा नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले लेखेका हुन्। 

इयन स्कट क्लेमेन्टले निर्देशन गरेको फिल्म ‘बासेन्जी’ मा मिथिला शर्मा, सरिता गिरी, असीम निरौला, सुप्रिम राईलगायत कलाकारको अभिनय छ। निर्देशक क्लेमेन्ट अमेरिकी नागरिक हुन्। यो फिल्मलाई गौरीशंकर इन्टरटेनमेन्टले निर्माण गरेको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad