ad ad

कला


‘लभ सूत्र’को रोमान्टिक टिजर

‘लभ सूत्र’को रोमान्टिक टिजर

नेपालखबर
असोज २२, २०८० सोमबार १३:१७, काठमाडौँ

डिजिटल मार्केटमा ओटीटी प्लेटफर्मको आवश्यकताको चर्चा भइरहँदा कान्तिपुर फिल्म एकेडेमीले यही दसैंबाट स्ट्रिमिङ सुरु गर्न लागेको छ।

ओटीटीका लागि कान्तिपुर सिनेमाजले केही हप्ता अगाडी नेपाली ओरिजीनल सिरिज भनेर ब्रह्माण्ड र मिस स्कार्लेटको टिजर सार्वजनिक गरेको थियो।

कान्तिपुर सिनमाजले सोमबार शिल्पा मास्के, विनय श्रेष्ठ, संजोग कोइराला, सजन श्रेष्ठ, संजोग रसाइली र रवीन्द्र झा स्टारर सिरिज ‘लभ सूत्र’को टिजर र फस्टलुक सार्वजनिक गरेको छ।

३७ सेकेन्डको फस्ट लुक टिजर रोमान्टिक लभ स्टोरी र कमेडी शैलीमा निर्माण गरिएको छ। भि मोसन पिक्चर्स र ओएसआर डिजिटलले मिलेर बनाएको सिरिजलाई निरोज महर्जनले निर्देशन गरेका हुन्।

३० देखी ४० मिनेटको ५ वटा एपीसोडकोे यस सिरिजको फुल ट्रेलर यही असोज २९ गते सार्वजनिक हुने र त्यही दिनबाट संसार भरबाट सब्स्क्रीप्सन लिएर मोबाइल फोन, वेव र स्मार्ट टिभीमा सिरिज हेर्न मिल्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .