ad ad

राजनीति


कैद मिनाहाविरुद्ध राष्ट्रपति कार्यालय अगाडि मानवअधिकार तथा शान्ति समाजको प्रदर्शन

कैद मिनाहाविरुद्ध राष्ट्रपति कार्यालय अगाडि मानवअधिकार तथा शान्ति समाजको प्रदर्शन

नेपालखबर
असोज २२, २०८० सोमबार १३:३२, काठमाडौँ

मानवअधिकार तथा शान्ति समाजले राष्ट्रपति कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ।

विभिन्न अपराधमा संलग्न व्यक्तिहरुलाई सरकारकाे सिफारिसमा राष्ट्रपतिले आममाफी दिएको विराेधमा समाजले आज (सोमबार) दिउँसो १ बजेदेखि राष्ट्रपति कार्यालय अगाडि विरोध प्रदर्शन गरेको हो।

‘संविधानको धारा २७६ मा निहित राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्न, कैद माफी गर्दा तलदेखि माथिसम्म भएको संभावित आर्थिक चलखेलबारे गहिरो छानविन गर्न लगायत विषयमा केन्द्रित रहि’ विरोध प्रदर्शन सुरु गरेको समाजका सभापति रामकृष्ण बरालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विरोध प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित नागरिक अगुवा र अधिकारकर्मीहरुको सहभागिता छ।

समाजले कुशासन र दण्डहीनता विरुद्ध असोज २१ गते देखि १० बुँदामा केन्द्रित रहि देशव्यापी अभियान सुरु गरेको जनाएको छ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न अपराधमा संलग्न व्यक्तिहरु संविधान दिवसका अवसरमा आम माफी दिएको भन्दै चौतर्फ आलोचना भएको छ।

२८ असार २०७२ मा नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेको अभियोगमा दोषी ठहर भएर जिल्ला कारागार, दाङमा रहेका रिगल भनिने योगराज ढकालको कैद मिनाहापछि राष्ट्रपति विवादमा परेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .