नेपाल आइडल सिजन १ का सेकेन्ड रनर अप प्रताप दासको स्वरमा नयाँ गीत ‘जुनसँग दाँजी हेरेँ’ को भिडियो सार्वजनिक गरिएको छ।
गायक दास र पुजा सुनारको संयुक्त स्वर रहेको गीतमा इन्द्र आरपीका शब्द र संगीत रहेको छ।
गीतको म्युजिक भिडियोको निर्देशन बिनोद केसीले गरेका छन्। निर्देशक केसीकै छायांकन रहेको गीतको भिडियोको छायाँकन अस्ट्रेलियमा गरिएको हो। भिडियोको सम्पादन कृष्ण भण्डारी र कोरियोग्राफी किरण थापा मगरले गरेका छन्।
प्रेमको भावना व्यक्त गरिएको गीतको म्युजिक भिडियोमा देवबहादुर नेपाली र सुरबी मानन्धरलाई मुख्य रुपमा प्रस्तुत गरिएको छ।
हेरौँ भिडियो
3
Shares

प्रतिक्रिया