ad ad

कला


प्रहरीसँग अनमोलले भने : स्क्रिप्ट मन नपरेपछि फिल्म खेलिनँ, पैसा फिर्ता लानु भन्दा मानेनन्

प्रहरीसँग अनमोलले भने : स्क्रिप्ट मन नपरेपछि फिल्म खेलिनँ, पैसा फिर्ता लानु भन्दा मानेनन्

फाइल तस्बिर


नेपालखबर
असोज १४, २०८० आइतबार १४:८, काठमाडौँ

गत शुक्रबार पक्राउ परेका नायक अनमोल केसीले स्क्रिप्ट मन नपरेपछि सुदर्शन थापाले निर्देशन गर्न भनिएको फिल्म खेल्न अस्वीकार गरेको बताएका छन्।

शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काभ्रेपलाञ्चोकको साँगाबाट पक्राउ गरेपछि केसीलाई आइतबार काठमाडौं प्रहरी परिसरको कार्यालय टेकुमा लगिएको थियो।

त्यहाँ उनले स्क्रिप्ट मन नपरेकाले फिल्म खेल्न तयार नभएको बताउँदै आफ्नो खातामा हालिदिएको १० लाख रुपैयाँ पनि फिर्ता लैजान भन्दा निर्माता पक्ष नमानेको बताए। 

‘निर्माता पक्षले १० लाख रुपैयाँ मेरो खातामा हालिदिएको हो, तर स्क्रिप्ट राम्रो नलागेर मैले खेल्दिनँ भनेँ’, उनले प्रहरीसमक्ष भनेका छन्,‘स्क्रिप्ट मन नरपछि खेल्दिनँ भन्न पाइन्छ। मेरो खातामा हालिदिएको १० लाख रुपैयाँ फिर्ता 
दिन खोजे पनि निर्माता पक्षले लिन नमानेका हुन्।’

अनमोललाई चिरायु अस्पतालबाट आइतबार मध्यान्ह काठमाडौं परिसर लगिएको थियो। जहाँ जाहेरवालाहरु पनि आएर छलफल हुने अपेक्षा थियो। तर उनीहरु त्यहाँ आउँदै आएनन्। 

प्रहरी परिसरमा केसीले हिरोले स्क्रिप्ट मन नपरेर खेल्दिनँ भन्न पाउने कुरा दोहोर्‍याएका थिए। ‘परिसरमा जाहेरवालाहरु उपस्थित भएको भए दुवै पक्ष मिल्ने सम्भावना हुन्थ्यो’, एक अधिकारीले भने, ‘तर जाहेरवाला नआएपछि अब म्याद थपका लागि अदालत लैजान्छौँ।’

चलचित्र ‘रावायण’मा काम गर्ने सहमति जनाएर अन्तिम अवस्थामा धोका दिएको भन्दै केसीविरुद्ध निर्देशक-निर्माता सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्म्सले उजुरी हालेको थियो।

पैसा लिएर सुटिङमा नआई ठगी गरेको भन्दै सुदर्शन फिल्म्सले दिएको उजुरीका आधारमा प्रहरीले यसअघि नै केसीविरुद्ध पक्राउ पुर्जी लिइसकेको थियो।

उजुरी आएपछि अपराध अनुसन्धान कार्यालयले केसीलाई छलफलका लागि कार्यालयमा बोलाएको थियो।

तर उनले अटेरी गर्दै फिल्म सुटिङमा लागेका थिए। उजुरीबारे छलफलका लागि प्रहरी कार्यालयमा बोलाउँदा पनि नआएपछि प्रहरीले पक्राउ पुर्जी लिएर उनलाई शुक्रबार पक्राउ गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .