ad ad

कला


चर्चित कमेडियन रसेल ब्रान्डविरुद्ध बलात्कार आरोप, सहमतिमै सम्बन्ध राखेको जिकिर (भिडिओ)

चर्चित कमेडियन रसेल ब्रान्डविरुद्ध बलात्कार आरोप, सहमतिमै सम्बन्ध राखेको जिकिर (भिडिओ)

फाइल फाेटाे : कमेडियन तथा हलिउड अभिनेता रसेल ब्रान्ड


नेपालखबर
भदौ ३१, २०८० आइतबार २१:५२, काठमाडौँ

चर्चित कमेडियन तथा हलिउड अभिनेता रसेल ब्रान्डलाई बलात्कार, यौन उत्पीडन र भावनात्मक दुर्व्यवहारको आरोप लागेको छ।

चारजना महिलाले सन् २००६ देखि २०१३ सम्म रसेलले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएका हुन्। यस समयमा रसेल आफ्नो प्रसिद्धिको शिखरमा थिए।

सन्डे टाइम्स, द टाइम्स र च्यानल ४ को संयुक्त अनुसन्धानमा रसेल ब्रान्डविरुद्धका यी आरोपबारे जानकारी आएको हो।

रसेल ब्रान्डले यी आरोपहरूको खण्डन गर्दै आफूले सधैँ अर्को व्यक्तिको सहमतिपछि मात्र सम्बन्ध राखेको दाबी गरेका छन्। 

–एक महिलाले ब्रान्डले लस एन्जलसको आफ्नो घरमा बलात्कार गरेको आरोप लगाएकी छन्। उनको पनि त्यही दिन बलात्कार संकट केन्द्रमा उपचार गरिएको थियो। टाइम्सले यो दाबी पुष्टि गर्न मेडिकल रेकर्ड पनि प्रकाशन गरेको छ।

–अर्की महिलाले पनि ब्रान्डले आफू ३० वर्षको हुँदा र १६ वर्षको हुँदा यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन्। 

–तेस्रो महिलाले ब्रान्डले लस एन्जलसमा उनीसँग काम गर्दा यौन उत्पीडन गरेको र कसैलाई भने कानुनी कारबाही गर्ने धम्की दिएको आरोप लगाएकी छन्।

–चौथो महिलाले ब्रान्डलाई यौन उत्पीडन, शारीरिक र भावनात्मक रूपमा दुर्व्यवहार गरेको आरोप लगाएकी छन्। 

ब्रान्डले यी आरोपहरूलाई आफ्नाविरुद्ध रचिएको षड्यन्त्र भनेका छन्। उनले  भिडिओ सन्देश सार्वजनिक गर्दै आफूलाई लागेका सबै आरोप अस्वीकार गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .