सरकारले अर्थ मन्त्रालयको सचिव परिवर्तन गरेकाे छ। वर्तमान अर्थसचिव अर्जुनप्रसाद पाेखरेलको ठाउँमा डा. कृष्णहरि पुष्करलाई ल्याएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सचिव पुष्करलाई अर्थ सचिवमा सरुवा गर्ने निर्णय गरेको हाे।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार पाेखरेललाई भने संघीय मन्त्रालयमा लगिएकाे छ।
पुष्करले यसअघि अर्थ मन्त्रालयकाे राजस्व र अर्थ सचिव दुवैकाे भूमिका निर्वाह गरिसकेका छन् । तर उनी प्रशासन पृष्ठभूमिका हुन्।
भदौ ३१, २०८०, आइतबार
114
Shares
प्रतिक्रिया