कला


मदनकृष्णका बाबुछोरीको स्वरमा ‘पानी छायाँ’ सार्वजनिक (भिडियो)

मदनकृष्णका बाबुछोरीको स्वरमा ‘पानी छायाँ’ सार्वजनिक (भिडियो)

नेपालखबर
माघ ११, २०७६ शनिबार ७:४७,

कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ र उनकी छोरी सराना श्रेष्ठको स्वर रहेको गीत ‘पानी छायाँ’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

गीतमा राजेन्द्र थापाको शब्द र राजनराज शिवाकोटी संगीत रहेको छ। सार्वजनिक कार्यक्रममा गीतको भिडियोलाई समेत देखाइएको थियाे।

मदन र सरानासँगै हरिवंश आचार्य, राजेन्द्र थापा, दीपाश्री निरौला, केदार घिमिरे, भिडियोका निर्देशक सुव्रतराज आचार्य र कार्यक्रम सञ्चालक सन्दीप क्षेत्रीले संयुक्त रुपमा गीतको ‘सिग्नेचर स्टेप’ गरेपछि भिडियो देखाइएको थियो।

भिडियोमा मदन र सरानासँगै केविश पाण्डे, आर्शिना भट्टराईको पनि अभिनय रहेको छ।

भिडियोमा राजीव समरको कोरियोग्राफी रहेको छ भने यसलाई नवराज उप्रेतीले छायाँकन गरेका हुन्। सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन्। ‘मैले मदन दाइ र सरानाको भिडियोलाई निर्देशन गर्ने मौका पाए, यो मेरो लागि अवसरसँगै चुनौती पनि थियो’, कार्यक्रममा निर्देशक सुव्रतले भने।

गायक श्रेष्ठले आफूलाई एक्लै गीत गाउने हिम्मत नभएपनि सबैको हौसालापछि गाएको बताए। उनले छोरी सरानाको स्वर आफूलाई एकदमै मन पर्ने भन्दै प्रशंसा समेत गरे।

कलाकार तथा गायक हरिबंश आचार्यले अभिनय र गायनमा सराना राम्रो प्रतिभा भएको बताउँदै उनको अमेरिका बसाई बेकार भएको बताए। यायिका श्रेष्ठले आफूले बुबासँग धेरैपटक गाए पनि औपचारिक रुपमा भने पहिलोपटक भएको बताइन्। उनले गीत र भिडियोमा आफूले सक्दो मेहेनत गरेको समेत स्पष्ट पारिन्।

हेरौँ भिडियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad