ad ad

कला


महिमाको जीवन : २ पटक गर्भपतन, ब्रेकअप, सम्बन्धबिच्छेद र क्यान्सरको चोट

महिमाको जीवन : २ पटक गर्भपतन, ब्रेकअप, सम्बन्धबिच्छेद र क्यान्सरको चोट

नेपालखबर
भदौ २७, २०८० बुधबार १६:४, काठमाडौँ

बलिउड अभिनेत्री महिमा चौधरीले सुभाष घईको फिल्म ‘परदेश’बाट सिल्वर स्क्रिनमा डेब्यू गरेकी थिइन्। उनले डेब्यू फिल्ममै शाहरुख खानसँग स्क्रिन शेयर गरेकी थिइन्। पहिलो फिल्मबाटै महिमाले उच्च प्रसंशा बटुलिन्। त्यसपछि ‘दाग’ लगायतका फिलममा काम गरिन्। तर, एक दुर्घटनाले उनलाई केही समय फिल्मबाट टाढा राख्यो।

उनको व्यक्तिगत जीवन खास सुखमय रहेन। सम्बन्धविच्छेद र गर्भपतनको पीडाले उनी लामो समय टुटिन्। तर, पनि हार मानिनन्। फिल्म लाइनमा अगाडि बढिन्।

सुभाष घईको अनुरोधमा नाम परिवर्तन
महिमा चौधरीको जन्म १३ सेप्टेम्बर १९७३ मा पश्चिम बंगालको दार्जिलिङमा भएको थियो। फिल्ममा आउनुअघि उनको नाम रितु चौधरी थियो। उद्योगमा आएपछि सुभाष घईको अनुरोधमा उनले आफ्नो नाम महिमा चौधरी राखिन्। सुभाष घईले एमबाट नाम सुरु भएका अभिनेत्री आफ्नो फिल्मका लागि भाग्यमानी भएको ठान्थे।

महिमा सुरुमा खेलकुदमा निकै राम्रो थिइन्। उनका बुबाले उनी ठूलो भएपछि खेलाडी बनाउने अथवा सेनामा भर्ती गर्ने सपना देखेका थिए। तर उनको यो सपना पुरा भएन।

१६–१७ वर्षको उमेरमा महिमाले फिल्ममा रुचि राख्न थालिन्। फिल्मी संसारको सपना देख्न थालिन्। उनले फिल्मकै सपना देख्न थालिन्। छोरीले फिल्मी सपना देख्न थालेको थाहा पाएपछि उनका बुवा निकै रिसाएका थिए। त्यो समय महिमाले आमाको पूर्ण साथ पाइन्। तर उनका बुवा भने झण्डै एक वर्ष बोलेनन्।

पहिलो विज्ञापनमा आमिर र ऐश्वर्यासँग काम गरेकी महिमाले अभिनयमा आउन मोडलिङको सहारा लिएकी थिइन्। उनले पहिलो विज्ञापन पेप्सीको लागि गरेकी हुन्।

यो विज्ञापनमा उनी दिल्लीबाट र आमिर–ऐश्वर्या मुम्बईबाट छनोट भएका मोडल थिए। त्यतिबेलाको सबैभन्दा चर्चित विज्ञापनहरू मध्ये एक थियो र त्यो विज्ञापन त्यस समयका सबै क्रिकेट खेलहरूको बीचमा देखाइएको थियो।

यो विज्ञापनपछि उनलाई धेरै फिल्मको अफर आउन थाल्यो। मणिरत्नमले पनि उनलाई फिल्म अफर गरेका थिए। यसका लागि महिमाले अडिसन पनि दिइन्। छनोट भएपछि उनले फिल्ममा काम नगर्ने बताइन्।  त्यतिबेला उनमा आत्मविश्वासको कमी थियो। आत्मविश्वासबिना काम गर्न नचाहेको बताएकी थिइन्। उनको यो कदमले मणिरत्नम उनीसँग निकै रिसाए। उनले भनेका थिए, ‘तिमी हामीसँग काम गर्न चाहँदैनौ भने मेरो यति धेरै समय किन खेर फाल्यो?’

त्यसपछि उनले च्यानल ‘वी’मा भिडियो जकीको रुपमा काम गरिन। छोटो समयमै उनी लोकप्रिय भिजेको रुपमा स्थापित भएकी थिइन्। तर लोकप्रिय भएपछि उनले उक्त काम छोडिन। उनलाई लोप्रिय बन्दै गएपछि अभिनेत्री बन्ने सपनानै परिवर्तन होला भन्ने चिन्ता लागेको थियो।

फिल्म इन्डस्ट्रीमा पहिलो पटक
भिजेको काम छोडेपछि महिमा साबुनको विज्ञापनमा देखिएकी थिइन्। विज्ञापनमा उनको काम देखेपछि सुभाष घई र विधु विनोद चोपडाले उनलाई फिल्म अफर गरे। विधुले उनको अपोजिटमा बबी देओललाई कास्ट गरेकी थिइन्। महिमाले पनि यो प्रोजेक्टका लागि रिहर्लसन गरेकी थिइन्। तर सुटिङ सुरु हुनुअघि नै उनलाई रिप्लेस गरियो। उनले यो खबर पनि मिडियाबाट थाहा पाएकी थिइन्।

सुभाष घईले भने आफ्नो वाचा बिर्सिएका थिएनन्। महिमालाई फिल्म ‘परदेश’का लागि अडिसनमा बोलाए। महिमा छनोट भइन्। फिल्ममा काम गरिन्। पहिलो फिल्म नै हिट भयो। त्यसपछि उनले दोस्रो फिल्म ‘दाग’मा काम गरिन। यो पनि हिट भयो। उनी फिल्म उद्योगमा स्थापित भइन्।

दोस्रो फिल्मको सफलतापछि महिमा प्रकाश झासँग अजय देवगन प्रोडक्सनको फिल्म ‘दिल के करे’को सुटिङमा व्यस्त भइन्। कथा छायांकनको अन्तिम दिनको हो। महिमा सुटिङ लोकेशनका लागि होटलबाट निस्किँदा गलत दिशाबाट आएको दूध बोकेको ट्रकले उनको कारलाई ठक्कर दियो। सिसाका टुक्रा उनको अनुहारमा पर्यो।

घटना लगत्तै उनलाई अस्पताल भर्ना गरिएको थियो। अस्पताल पुगेपछि उनको आमा र अजय देवगन पहिलो पटक पुगेका थिए। उनको शल्यक्रिया गरियो, जसमा उनको अनुहारबाट ६५ वटा सिसाका टुक्रा निकालियो। डाक्टरले उनलाई ऐनामा अनुहार नहेर्न सल्लाह दिएका थिए। यो दुर्घटनाबाट महिमा निकै टुटिन्। उनले त्यो समय आफ्नो करिअर त्यहि सकिएको त्रासमा बिताएकी थिइन्।

महिमाले केहि समय अघि भास्करलाई दिएको अन्तर्वार्तामा भनिन्, ‘यो दुर्घटनापछि मैले फिल्मी संसारबाट लामो ब्रेक लिएँ तर त्यो फिल्म पूरा गरिसकेको छु। दुर्घटनापछि मेरो आत्मविश्वासमा कमी आएको थियो तर मैले हार मानिनँ। निको भएपछि मैले ‘धडकन, बागबान’ जस्ता सुपरहिट फिल्महरू गरें। त्यसपछि विवाह र सन्तान नहुँदासम्म फिल्ममा काम गरेँ।’

टेनिस खेलाडीसँग प्रेम र ब्रेकअप
महिमाको व्यक्तिगत जीवन पनि संघर्षले भरिएको थियो। महिमा चर्चित टेनिस खेलाडी लिएन्डर पेससँग रिलेशनशिपमा थिइन् भन्ने खबर सार्वजनिक भएको थियो। तर, उनीहरुको प्रेम लामो समय टिकेन। लिएन्डर भारतीय मोडल रिया पिल्लईसँग नजिक भएको थाहा पाएपछि महिमा ब्रेकअप दिइन्।

यो सम्बन्धको अन्त्य पछि महिमाले सन् २००६ मा व्यापारी बबी मुखर्जीसँग विवाह गरिन्। उनीहरूको विवाहको एक वर्षपछि छोरी आरियाना मुखर्जीलाई जन्म दिइन्। त्यसपछि उनले लगातार दुई पटक गर्भपतन गराइन। मानसिक रुपमा आफूले सहज महसुस नगरेका कारण गर्भपतन गराएको बताएकी महिमा गर्भपतनका कारण पनि टुटेकी थिइन्।

विवाहको केही समयपछि महिमा र बबीबीच सम्बन्ध बिग्रनमा दरार आयो। सन् २०१३ मा यो जोडीले पारपाचुके गर्यो। महिमा त्यसपछि झनै टुटेकी थिइन्।

क्यान्सरसँगको लडाइ
महिमालाई क्यानसर रोगले समात्यो। उनले क्यान्सरसँगको लडाई पनि जितिन्। उनले भास्करलाई दिएको अन्तर्वार्तामा भनेकी थिइन्, ‘मलाई मेरो नियमित वार्षिक परीक्षण गर्दा क्यान्सर भएको थाहा भयो। म हरेक वर्ष स्तन परीक्षण गर्थें। त्यसबेला मलाई केही अनौठो लाग्यो, त्यसपछि मैले यो कुरा डाक्टरलाई पनि भनेँ तर उनले भने कि सबै ठीक छ। तर मैले आफैंले बायोप्सी गरे। त्यसबेला मेरो ट्युमर धेरै सानो भएकोले केहि पत्ता लागेन। डाक्टरले यसलाई भविष्यमा क्यान्सर हुनसक्ने भएकाले अहिले नै हटाउने सुझाव दिए।  मेरो शल्यक्रिया भयो र त्यो शल्यक्रिया गर्दा मलाई क्यान्सर भएको थाहा भयो।’

उनले अगाडी भनेकी छिन्, ‘म धेरै साहसी छैन, तर सबैले जस्तै मैले यसलाई ह्यान्डल गरें। सुरुमा मानिसहरू रुन्छन् र त्यसपछि भन्छन्, यो ठीक छ, यो भगवानको इच्छा हो। क्यान्सरको उपचार धेरै खतरनाक छ। यसको उपचार रोग भन्दा खतरनाक छ। त्यतिबेला मेरी कान्छी छोरी हुर्किसकेकी थिइन्। मेरी छोरीले आमाले जस्तै मेरो धेरै हेरचाह गरिन्।’

त्यहि समय उनले अनुपम खेरलाई भेटिन्। महिमाले लगभग फिल्म छोडेर बसेकी थिइन्। एकदिन अनुपमले महिमालाई फोन गरे। उनले महिमालाई फिल्ममा फर्किन आग्रह गरे। त्यो समय महिमा हरेक २० दिनमा उपचारका लागि अस्पताल जान्थिन्। उनी निकै कमजोर भएकी थिइन्। उनको कपाल थिएन। महिमाले कपाल नभएका कारण फिल्ममा काम नगर्ने बताइन्। अनुपमले नक्कली कपाल हालेर काम गर्न भने। उनले फिल्ममा फर्किने निधो गरिन् र फिल्ममा काम गरिन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .