ad ad

कला


पलपछि मायावी नायकमा सुशिल अनुबन्धित

पलपछि मायावी नायकमा सुशिल अनुबन्धित

नेपालखबर
भदौ २४, २०८० आइतबार १४:२४, काठमाडौँ

निर्माण घोषणा भएको फिल्म ‘मायावी’मा नायकका रुपमा सुशिल सिटौला अनुबन्धित भएका छन्। पछिल्लो समय प्रदर्शनमा आएको फिल्म ‘एैँचो पैँचो’मा गरेको अभिनयका कारण सुशिलले राम्रो प्रशसंसा बटुलिरहेका छन्। ‘मायावी’मा पनि सुशिल लिड क्यारेक्टरमा देखिने छन्।

यसअघि फिल्ममा अभिनेता पल शाह अनुबन्धित भैसकेका छन्। फिल्ममा सुशिललाई प्रमुख अभिनेताका रुपमा भित्र्याइएको निर्देशक दिवाकर भट्टराईले बताएका छन्। सुशिलले यसअघि अभिनय गरेका ‘होस्टेल रिटन्र्स, गाजा बाजा, रणवीर, जुलेबी’ लगायतका फिल्म हुन्। उनले सबै फिल्मबाट राम्रो चर्चा कमाएका छन्।

निर्देशक भट्टराइले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बुधबार फिल्म निर्माणको औपचारिक घोषणा गरेका थिए। फिल्ममा भट्टराई स्वयंको कथा रहनेछ। अभिनेत्री दीपिका प्रसाई फिल्मको शिर्ष भूमिकामा देखिने छिन्।  

क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको फिल्मका अन्य कलाकार र प्राविधिक केही समयपछि जानकारी दिने निर्माणपक्षले बताएको छ।  फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ।

फिल्म असोज २ गतेबाट फ्लोरमा जानेछ। फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए। पोखराकै परिवेशमा रहेर यो फिल्मको कथा बुनिएको निर्माणपक्षले जानकारी दिएको छ।

दिवाकरले यसअघि ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्य’, ‘क्याप्टेन’ लगायतका फिल्म निर्देशन गरिसकेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .