ग्लोबल


मोरक्कोमा भूकम्पबाट २ हजार १२ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

मोरक्कोमा भूकम्पबाट २ हजार १२ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

सिन्ह्वा
भदौ २४, २०८० आइतबार १४:२९, काठमाडौँ

मोरक्कोमा विनाशकारी भूकम्पमा परी अहिलेसम्म दुई हजार १२ जनाले ज्यान गुमाएका छन्। उक्त भूकम्पमा परेर ५९ जना घाइते भएका छन्।

भूकम्पमा निधन भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्न शनिबार तीन दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ।

मोरक्कोमा शुक्रबार राति ११ बजेर ११ मिनेटमा ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो।

१८.५ किलोमिटरको गहिराइमा भूकम्प केन्द्रबिन्दु बनाएर गएको संयुक्त राज्य भूगर्भ सर्वेक्षणले जनाएको छ। 

भूकम्पको केन्द्रबिन्दु मोरक्कोको चौथो ठूलो सहर र लोकप्रिय पर्यटकीय गन्तव्य माराकेसबाट ७० किलोमिटर दक्षिणपश्चिम रहेको अल हाउज प्रान्तको इघिल शहर नजिक छ।

भूकम्पमा मृत्यु हुनेमा धेरै जसो भूकम्पको केन्द्रनजिकैकको दुर्गम पहाडी क्षेत्रमा रहेका बासिन्दा भएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन्।

भूकम्पका कारण सडक क्षतिग्रस्त हुँदा उद्धार कार्यमा समस्या भएको छ। रबात र कासाब्लान्का लगायत मोरक्कोका धेरै सहरमा भूकम्पको धक्का महशुस गरिएको थियो।

तौराडान्ट र माराकेस सहरहरुमा धेरै घरहरु भत्किएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

रेडक्रस सोसाइटी अफ चाइनाले शनिबार मोरक्कन रेड क्रिसेन्टलाई उद्धारको लागि २ लाख अमेरिकी डलर सहयोग गरेको छ।

अरब लिग, इजिप्ट, यूएई, प्यालेस्टाइन, साउदी अरेबिया, कतार, ट्युनिसिया, लेबनान र लिबिया लगायतका देशले पनि सहयोग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .