ad ad

कला


‘एक भगवत् गीता’को दोस्रो गीत सार्वजनिक, यस्तो छ सुहाना र जेभिसको केमेस्ट्री (भिडिओ)

‘एक भगवत् गीता’को दोस्रो गीत सार्वजनिक, यस्तो छ सुहाना र जेभिसको केमेस्ट्री (भिडिओ)

नेपालखबर
भदौ २१, २०८० बिहिबार ११:१६, काठमाडौँ

यही भदौ २९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘एक भगवत् गीता’ को ‘के तिमीलाई यो कुराको खबर छ’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ।

कृष्ण जन्माष्टमीको अवसर पारेर मैथली र नेपाली भाषाको समिश्रणमा तयार पारिएको गीत सार्वजनिक गरिएको हो।

जनकपुरको सेटिङमा खिचिएको सार्वजनिक गीतमा सबिन एकतारेको शब्द रचना तथा हर्कुलस बस्नेतको संगीत रहेको गीतमा संगीतकार बस्नेत, रजज्ञा श्रेष्ठ र सुमन गुरुङको स्वर सुन्न सकिन्छ।

सिनेमाका मुख्य अभिनेत्री सुहाना थापा र बालकलाकार जेभिस र जेभिन श्रेष्ठलाई फिचर्ड गरिएको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ।

राजेश श्रेष्ठले खिचेको म्युजिक भिडिओ मित्र डि गुरुङले सम्पादन गरेका हुन्।

झरना थापा निर्देशित अन्तरजातीय प्रेमकथामा आधारित सिनेमामा विपिन कार्की, धिरज मगर, सुहाना थापा, कवीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको अभिनय छ।

सुनिल कुमार थापाको निर्माण रहेको सिनेमाको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो। झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको सिनेमामा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन्। 

सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको संगीत तथा शंकर अधिकारी घायलको शब्द रचना छ। 

सुनिल कुमार थापाको निर्माण तथा झरना निर्देशित ‘ए मेरो हजुर’का तीनवटै सिरिज सफल छन्। यो उनीहरुको सहकार्यमा निर्माण भएको चौथो सिनेमा हो। सिनेमालाई काठमाडौं उपत्यकामा गोविन्द शाहीको काफिया फिल्मस् र काठमाडौं बाहिर केदार पराजुलीको श्री कृष्ण फिल्मस्‌ले वितरण गर्दैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .