ad ad

कला


जब मनीषा कोइरालाले आफ्ना प्रेमीले ऐश्वर्यालाई लेखेको प्रेमपत्र भेटिन्

जब मनीषा कोइरालाले आफ्ना प्रेमीले ऐश्वर्यालाई लेखेको प्रेमपत्र भेटिन्

नेपालखबर
भदौ २०, २०८० बुधबार १०:५४, काठमाडौँ

बलिउड फिल्म उद्योगका प्रेम र मित्रताका थुप्रै किस्सा सार्वजनिक भइरहेका हुन्छन्। कैयौँ मित्रताका कथा प्रेरणादायी पनि छन्। उस्तै संख्यामा झगडा र दुश्मनीका कथा पनि बाहिरिइरहेका हुन्छन्। 

यस्तै एउटा झगडाको किस्सा छ- दुई दिग्गज अभिनेत्री ऐश्वर्या राय बच्चन र मनीषा कोइरालाको। यी दुई अभिनेत्री एक समय एकै पुरुषलाई प्रेम गर्थे। प्रेमीका विषयमा यी दुई अभिनेत्रीले झगडा गर्थे भनिन्छ।

यस्ता छन् यी दुई अभिनेत्रीका प्रेम र झगडाका किस्सा 

बलिउडकी सुन्दर अभिनेत्रीमध्येकी एक ऐश्वर्या पनि आफ्नो प्रेमका कारण चर्चामा आइरहेकी हुन्थिन्। यद्यपि अहिले उनी लामो समयदेखि अभिषेक बच्चनसँग सुखी दाम्पत्य जीवन बिताइरहेकी छन्। तर यसअघि उनको नाम सलमान खानदेखि विवेक ओबेरोयसम्मका अभिनेतासँग जोडिएको थियो। उनको प्रेम र अफेयर धेरै विवादमा परेको थियो। 

समाचारअनुसार सलमान र विवेकभन्दा पहिले पनि ऐश्वर्या आफ्नो करिअरको सुरुवाती दिनमा अर्का एक पुरुषसँग प्रेम सम्बन्धमा थिइन्। रिपोर्टअनुसार ऐश्वर्याले एकपटक तत्कालीन चर्चित मोडल राजीव मुलचन्दानीसँग डेट गरिसकेकी थिइन्। चलचित्र अभिनेत्री मनीषा कोइरालाले आफ्नो एक अन्तर्वार्तामा यो खुलासा गरेकी हुन्।

वास्तवमा मनीषा कोइरालासँग राजीव मुलचन्दनीको पनि अफेयर थियो र मनीषाले यो सम्बन्धलाई खुलेर स्वीकारेकी पनि छन्। तर ऐश्वर्याले राजीवसँगको आफ्नो सम्बन्धलाई कहिल्यै स्वीकारिनन्, जहिले अस्वीकार गरिरहिन्। यस विषयमा ऐश्वर्या र मनीषाबीच चर्को वादविवाद पनि भएको थियो। 

एक अन्तर्वार्तामा मनीषा कोइरालाले ऐश्वर्याको तुलनामा राजीवले आफूलाई रोजेको बताएकी थिइन्। त्यसपछि ऐश्वर्याले कडा जवाफ दिँदै आफू राजीवसँग कहिल्यै सम्बन्धमा नभएको बताइन्। 

मनीषाको कुराको जवाफ दिँदै ऐश्वर्याले भनिन्, ‘यो सुनेपछि मैले सिधै राजीवलाई फोन गरेँ र सोधेँ- यो के बकवास भइरहेको छ?’  सन् १९९४ मा एक पत्रिकाले राजीव र ऐश्वर्याको अफेयरको समाचार छापेको थियो।

यस विषयमा मनीषा कोइरालाले भनिन्, ‘जब राजीव र म रिलेसनसिपमा थियौँ, राजीवले उनलाई लेखेका प्रेमपत्र देखेको थिएँ। त्यो देखेपछि म स्तब्ध भएँ र मेरा लागि योभन्दा नराम्रो अरू केही हुन सक्दैनथ्यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .