ad ad

कला


‘जवान’ रिलिज हुनुअघि शाहरुखले गरे वैष्णोदेवीको दर्शन, भिडिओ भयो भाइरल

‘जवान’ रिलिज हुनुअघि शाहरुखले गरे वैष्णोदेवीको दर्शन, भिडिओ भयो भाइरल

फाइल फाेटाे


नेपालखबर
भदौ १३, २०८० बुधबार १८:५०, काठमाडौँ

फिल्म ‘जवान’ रिलिज हुनुअघि बलिउड अभिनेता शाहरुख खानले जम्मू–कश्मीरको कटरामा रहेको वैष्णोदेवीको दर्शन गरेका छन्। 

समाचार एजेन्सी पीटीआईका अनुसार शाहरुख खान मंगलबार राति वैष्णोदेवी मन्दिर दर्शन गर्न पुगेका हुन्।

अधिकारीहरुका अनुसार उनी मंगलबार कटरा आधार शिविर पुगेका थिए र ११:४० बजे मन्दिरको दर्शन गरेर तुरुन्तै फर्केका थिए।

पीटीआईका अनुसार सामाजिक सञ्जालमा शाहरुखको वैष्णो देवी यात्राको क्लिप पनि भाइरल भइरहेको छ, जसमा उनी प्रहरी र केही कर्मचारीसँग हिँडिरहेको देखिन्छ। 

शाहरुख पछिल्लो नौ महिनामा दोस्रोपटक वैष्णोदेवीको दर्शन गर्न पुगेका हुन्। यसअघि उनी आफ्नो फिल्म ‘पठान’ रिलिज हुनुअघि डिसेम्बरमा पनि उक्त मन्दिर पुगेका थिए। 

‘जवान’ रेड चिलिज इन्टरटेनमेन्टको प्रोडक्सन हो र एटलीले निर्देशन गरेका हुन्। शाहरुख खानकी पत्नी गौरी खान यसको निर्माता हुन् भने गौरव वर्मा सहनिर्माता हुन्।

जवान हिन्दी, तमिल र तेलुगु भाषामा सेप्टेम्बर ७ मा विश्वभरका थिएटरहरूमा रिलिज हुनेछ।

शाहरुख वैष्णोदेवी मन्दिर दर्शन गर्न गएको भिडिओ– 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .