ad ad

खेल


मुलतानमा बाबर आजमको आँधी, नेपालविरुद्ध पूरा गरे १५० रन

मुलतानमा बाबर आजमको आँधी, नेपालविरुद्ध पूरा गरे १५० रन

नेपालखबर
भदौ १३, २०८० बुधबार १९:०, काठमाडौँ

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालविरुद्धको उद्घाटन खेलमा पाकिस्तानी कप्तान बाबर आजमले १५० रन पूरा गरेका छन्। 

बाबरले १३० बलमा १४ चौका र ६ छक्कासहित१५० रन पूरा गरेका हुन्। यसअघि नै बाबरले ओडीआईमा १९ औं शतक बनाइसकेका छन्।

बाबरले ४२ औँ ओभरको दोस्रो बलमा शतक पूरा गरे। 

पाकिस्तानका अन्य ब्याटरलाई नेपाली बलरले सस्तैमा पवेलियन फर्काउँदा आजमले टिकेर स्कोर उकासेका थिए। 

अर्कातिर इफ्तिखर अहमदले पनि नेपालविरुद्धको खेलमा शतकीय पारी खेलेका छन्। 

उनले ६८ बलको सामना गर्दै १० चौका र ४ छक्काको मद्दतमा शतक पूरा गर्न सफल भएका हुन्। 

मुलतान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरिरहेको पाकिस्तानले अन्तिम ओभर चलिरहँदा ४ विकेटको क्षतिमा ३३५ रन बनाइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .