ad ad

कला


‘जवान’ को खतरामा मुकुन र स्वस्तिमा

‘जवान’ को खतरामा मुकुन र स्वस्तिमा

नेपालखबर
भदौ १२, २०८० मंगलबार १३:१८, काठमाडौँ

नेपाली  निर्माताले बलिउड फिल्म ‘जवान’ ४ करोड नेपाली रुपैयाँ तिरेर नेपाल भित्राएका छन्। 

यो फिल्म दुई नेपाली फिल्म ‘गणपति’ र ‘एैँचो पैँचो’ रिलिजको पछिल्लो साता नेपाली फिल्म उद्योगमा रिलिज हुँदै छ।

अभिनेता मुकुन भुसालले लिड गरेको ‘गणपति’ र अभिनेत्री स्वस्तिमा खड्का स्टार फिल्म ‘एैँचो पैँचो’ नेपाली फिल्म उद्योगमा आशा गरिएका फिल्म हुन्। 

तर, फिल्म रिलिजको पछिल्लो साता नै बलिउडका स्टार कलाकार र शक्तिशाली ब्यानरमा निर्माण भएको ‘जवान’ रिलिज हुने भएपछि नेपाली फिल्मको ‘शो’ काटिने खतरा छ।

आशा गरिएका थुप्रै नेपाली फिल्म यस अघि पनि बलिउडको खतरामा परेका छन्। 

एप्पल कम्पनीले रेड चिल्ली इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्म ‘जवान’ पनि नेपाली फिल्म मेकरका लागि टाउको दुखाइको विषय बनेको छ।  

एप्पल कम्पनीले किनेका कारण पनि दोस्रो सातामा जवानले क्यूएफएक्समा उच्च शो पाउने निश्चित छ। साथमा, अधिकांश हलहरु ‘जवान’बाट पैसा कमाउने दाउमा छन्।
 
महँगो रकममा किनिएको फिल्मबाट लगानी उठाउन वितरकले रिलिजमा कुनै कसर बाँकी राख्ने छैनन्। जसको असर, दोस्रो सातामा नेपाली फिल्मलाई पर्ने देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .